काभ्रे । महावाणिज्यदूत हरि धरेलले डेनमार्क सरकारको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गर्ने क्रममा बनेपा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन्
सो क्रममा डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गर्नुपर्ने उनले बताए ।
उनले कोभिड–१९ को समयमा नेपाल सरकारले डेनिस नागरिकहरुको सुरक्षाका खातिर पु¥याएको योगदानको डेनमार्क सरकारले उच्च मूल्यांकन गरेको स्मरण गराए । महावाणिज्यदूत धरेलले भने, ‘पुरानो जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई स्थापित गर्न आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन सबैलाई आग्रहसमेत गरे ।
कार्यक्रममा अतिथिहरुलाई सम्मान गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले भने, ‘२५ वर्ष अगाडि स्थापित सम्बन्धलाई नगरपालिका परिवार गुमाउन चाहँदैन । के गर्दा पुरानो सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिन्छ, त्यसका लागि नगरपालिका जुनसुकै मूल्य चुकाउन पनि तयार छ ।’