बर्षातको समयमा साउन, भाद्र, असोज र कार्त्तितक महिनासम्म डेंगी रोगको सङ्क्रमण दर तीव्र हुने गरेको देखिन्छ । डेंगीका प्रमुख लक्षण टाउको दुख्ने, आँखाको गेडी दुख्नु , छालामा दाग देखिनु , उच्च ज्वरो आउनु , मांसपेशी र जोर्नी दुख्ने, उल्टी हुनु तथा वाकवाकी लाग्नु जस्ता लक्षण छन् भने तपाइ लाइ डेंगी भएको हुन सक्छ। डेंगी ज्वरोलाई बेसरी जोर्नी तथा हाडहरू दुख्ने हुनाले ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो संक्रमण– डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी–४ को सेरोटाइपभाइरसको कारणले हुन्छ। कमजोर वा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई डेंगी रोग हुने सम्भावना बढी हुन्छ । त्यस्तै वृद्धवृद्धालाई पनि डेंगीको बढी जोखिम हुन्छ । बिरामीको रगतमा प्लेटलेट काउन्ट कमी छ भने डेंगीका कारण धेरै कम हुँदा झन् गम्भीर अवस्था हुनसक्छ। त्यसैगरी मधुमेह, फोक्सोका रोग र मुटुका रोगी लगायतकालाई पनि डेंगीको जोखिम बढी हुन्छ । डेंगी हल्का वा गम्भीर दुवै प्रकृतीको हुन सक्छ। बालबालिका तथा किशोरकिशोरीहरूमा हल्का डेंगीहुँदा कुनै लक्षण देखिँदैन। यस्तो अवस्थामा यसको लक्षण पनि फरक–फरक देखिन्छ । डेंगीको सङ्क्रमण भएको चारदेखि सात दिन भित्र लक्षणहरू देखिन थाल्छन् ।
लामखुट्टेको लार्भाको सर्च र डिस्ट्रोय नै संक्रमणदर कमजोर बनाउने बलियो उपाय हो । समुदाय नै सचेत भएर त्यसमा लाग्ने हो भने डेंगी रोग फैलनबाट बच्न सकिन्छ ।
जब डेंगी संक्रमण गम्भीर हुन्छ, डेंगी रक्तस्रावी ज्वरो वा हेमोरेजिक फिवर वा हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्छ। यदि डेंगुको संक्रमण गम्भीर छ भने यसले फोक्सो, कलेजो र मुटुलाई असर गर्न सक्छ । रक्तचाप धेरै कम हुन सक्छ । डेंगीको संक्रमण गम्भीर हुँदा कडा पेट दुखाइ हुने, कलेजोमा तरल पदार्थ जम्मा हुने छातीमा तरल पदार्थ जम्मा हुने तथा रक्तस्राव जस्ता जटिलताहरू देखिन सक्छ। संक्रमण भै हालेमा ब्रुफेन तथा निम्स जस्ता दुखाइ कम गर्ने दवाइ खानु हुदैन। नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मिको सल्लाह लिनु पर्दछ । डेंगीको यस्तो गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्यक हुन्छ ।
एकपटक डेंगी लागेको छ भन्दैमा सबै प्रकारको डेंगी भाइरल संक्रमणबाट प्रतिरोधात्मक क्षमता हुँदैन । यस अवस्थामा जब पहिलो पटक संक्रमितलाई दोस्रो पटक डेंगी हुन्छ, गम्भीर रुपमा प्रभावित हुने सम्भावना बढी हुन्छ। त्यसैले डेंगी संक्रमण हुन नदिन घरवरपर पानी जम्मा नहुने कुरा सुनिश्चित गर्नुपर्छ । कूलरको पानी देनिकरूपमा परिवर्तन गरिरहनु पर्छ भने सानाभाँडामा जम्माहुने पानी छोपेर राख्नुपर्छ ।
लामखुट्टेको लार्भाको सर्च र डिस्ट्रोय नै संक्रमण कमजोर बनाउने बलियो उपाय हो। समुदाय नै सचेत भएर त्यसमा लाग्ने हो भने यो रोग फैलनबाट बच्न सकिन्छ । रोगको लहर कतिखेर आउने भन्ने यकिन हुँदैन । त्यसैले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्नु नै सबैभन्दा बलियो विकल्प हो । खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा जमेको सफा पानीमा लामखुट्टेले अण्डा पार्छन् । यो सङ्क्रमण फैलाउने लामखुट्टे सफा पानीमा फुलपार्न बस्ने हुनाले, पानी जम्ने सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँमा पानी जम्न दिनु हुदैन । एउटै भाँडामा पानी थापेर धेरै समय राखी रहनु हुदैन । खुला पानीको स्रोत छ भने, त्यसलाई छोप्नुपर्छ र उपयुक्त कीटनाशक प्रयोग गर्नुपर्छ । समुदायको सहभागितामा लामखुट्टे बासस्थान नस्ट गर्ने अभियान सञ्चालन गरेर डेंगीबाट बच्न सकिन्छ ।