डाँडापारी विशेषः खानीखोलाका कफी कृषकलाई गाउँपालिकाको अनुदान

खानीखोला । जिल्लाको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ ।
गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रम अन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ ।
कृषक समूहलाई २१ लाख अनुदान वितरण गरेको गाउँपालिकाले जनाएको छ । वार्षिक उत्पादन–बिक्रीको आधारमा प्रतिकेजी रु ३५ अनुदान दिइएको हो । गत सालको तुलनामा यसवर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
गत साल समूहलाई सात लाख अनुदान वितरण गरेको शाखा प्रमुख खिम डाँगीले जानकारी दिएका थिए । उनका अनुसार उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरी चार लाख ६३ हजार ३३ अनुदान पाएको छ । शाखाका अनुसार यस वर्ष करिब ५० हजार केजी कफी उत्पादन भएको छ ।
कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रम अनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट चालु आवमा कृषकलाई ९० हजार बिरुवा अनुदानमा वितरण गरिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *