ज्ञानकुञ्जको २१ औं वार्षिकोत्सव

बनेपा । सकारात्मक सोचले जुनै क्षेत्रमा पनि सफलता पाउन सकिन्छ, तर त्यसको लागि धृत इच्छा शक्ति र मेहेनत आवश्यक पर्दछ’ काभ्रेको बनेपामा यस्तै इच्छा शक्ति र मेहेनतवाट सृजना भएको संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान शनिबारवाट २१ औं बर्षमा प्रवेश गरेको छ ।
२१ बर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा प्रतिष्ठान स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको छ । २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । नगर प्रमुख शाक्यले बनेपा क्षेत्रको शिक्षाको गुणस्तर कायम गर्न निजी क्षेत्रका विद्यालयहरुको भुमिका महत्वपूर्ण रहेको बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तब्य सहित विद्यालय तहका गतिविधिका बारेमा जानकारी गराएका थिए । शिक्षा विद्यार्थीका लागि विद्यार्थी राष्ट्रको समुन्नती र विकासको लागि भन्ने मुल नाराका साथ नैतिक, व्यवहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिदै आएको जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै वैद्यले आजको शिक्षाको अवधारणनामा किताबी ज्ञानले मात्र पूर्णता नहुने निश्कर्ष निकाल्दै सबै शैक्षिक संस्थाहरुले किताबी ज्ञानका साथ साथै जीवन उपयोगि शिक्षामा पनि जोड दिनु पर्ने आवश्यकता रहेको पुष्ट्याउनु भएको थियो । समाज रुपान्तरणको लागि आफूहरुले सदैव शिक्षामा जोड दिइ उद्येमी, व्यवसायिका साथै राष्ट्र निमार्णमा अब्बल भई साथ दिने जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनुभएको थियो । काभे्रेमा पनि एकै छानामुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले बताउँदै ‘हामी एकै छानामुनि सबै प्रकारको शिक्षा दिन सकिन्छ भनेर लागिपरेको बताउनुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका सहायक प्रिन्सिपल रत्नराज खतिवडा, बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमिल्सिना काभ्रे जिल्ला प्याबसनका अध्यक्ष श्याम बहादुर भुजेल, बेलर स्कुलका अध्यक्ष भोला थापा, तथा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, जिल्लाका पत्रकारहरु, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले हरेक वर्ष रचानात्मक कार्यहरु गर्ने गरेको छ । प्रतिष्ठानले काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने शिक्षासेवीहरु प्रा. भोला के.सी., मोहनप्रसाद दुवाल, गोबिन्दलाल प्रधानाङ्ग, ध्रुबराज कर्णजित, र रघुनाथ कर्माचार्यलाई सम्मान गरेको छ ।
संचालक आत्माराम थापाले तल्लो तह देखिनै विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउँदै लगेको र जिल्ला तथा राष्ट्रिय स्तरमा हुने खेलकुद तथा अतिरिक्त कृयाकलापहरुमा प्रतिष्ठान सदैव अब्बल भएको बताउनुभएको थियो । भौतिक, नैतिक सँगै व्यवहारिक शिक्षा ज्ञानकुञ्जवाट प्रदान भइरहेको र समय सापेक्ष सुधारको लागि अभिभावकहरुसँग थापाले सुझावको अनुरोध समेत गर्नुभएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *