ज्ञानकुञ्जको मनसुन डान्स २०८०

राजु लामा
काभ्रे । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ ०२ गते भव्य रुपमा मनसुन डान्स पार्टीको आयोजना गरेको थियो ।
विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको थियो । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको छ । विद्यालय स्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक देखिन्छ । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा नेतृत्व गर्ने कलामा निखारता आएको देखिन्छ । कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । सहायक प्रिन्सिपलले यस संस्थामा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा यस्ता क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा कक्षा ११ देखि स्नाकोत्तर तह सम्मका विद्यार्थीहरुको उल्लासमय उपस्थित रहेको थियो । ३ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरण अन्र्तगत औपचारिक कार्यक्रम रहेको थियो दोस्रो चरण प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तो किसिमको कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी वृती विकासको निमित्त महत्वपूर्ण भूमिका रहने कुराको जोड विद्यार्थी संगिता तामाङ्गले आफ्नो मन्तब्यबाट राखेकि थिएन । अन्तयमा खाजा सहित भव्य तथा सभ्य मनसुन डान्स पार्टी कार्यक्रम राखिएको थियो । जसमा सयाँै विद्यार्थी र शिक्षक, शिक्षिकाहरु झुमेका देखिन्थे । विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने कुरा सस्थाका अध्यक्ष सुरकृष्ण वैद्यले बताउनु भयो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *