ज्ञानकुञ्जकाे तेस्रो राेडरेश सम्पन्न

बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानकाे तेस्राे राेडरेश कार्यक्रम शनिबार सम्पन्न भयाे ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका सञ्चालक समिति अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी, विद्यालय संचालक सदस्य आत्मराम थापा, काभ्रे प्याप्सनका अध्यक्ष श्याम भुजेल, प्रहरी नायव उपरिक्षक रेशम बाेहाेरा, पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पाैडेल लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।

राेडरेस कार्यक्रममा गणेश मावि भक्तपुरका छात्रा कृतिका मधिकर्मी र छात्रतर्फ विश्वमणी कुँवर प्रथम र भालेश्वर मावि पनाैती- ८ मल्पीका छात्रा कुशुम केसी र छात्र कृष्ण शाह द्वितीय भएका थिए । छात्र कृतिका उप्रेती र छात्रा रितिक श्रेष्ठ तेस्राे भए ।

प्रतियाेगितामा क्रमश: प्रथमलाई ३० हजार, दाेस्राेलाई २० हजार र तेस्राेलाई १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

साे कार्यक्रमकाे सभापतित्व ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैद्यले गर्नुभएकाे थियाे भने धन्यवाद ज्ञापन प्रतिष्ठानका सहायक क्याम्पस प्रमुख नवराज चाैलागाईंले गर्नुभएकाे थियाे । एसईई दिएर बसेका करिब १ सय ५० जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए भने भक्तपुरका ८, सिन्धुपाल्चोकका १ र बाँकी काभ्रेका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *