काभ्रे जिल्लाको विकट गा.वि.स. डाँडाँपारीमा जन्मिएर साहित्य क्षेत्रमा संघर्ष गर्दै गरेकी प्रभिा हुन् हिरामाया घिसिङ । पनौतीको इन्द्रेस्वर क्याम्पसमा स्नातक तहमा अध्ययनरत घिसिङ साहित्य क्षेत्रमा एउटा संभावना बोकेकी प्रतिभा हुन् । पेशाले उनी अ.न.मी. भए पनि साहित्य क्षेत्रमा सत्रिय प्रतिभा हुन् । थुप्रै पुरस्कार तथा सम्मान थापिसकेकी उनले हालै मात्र नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा भानु काव्य पुरस्काबाट सम्मानित भइसकेकी छिन् । उनै प्रतिभा प्रगतिशिल उदियमान साहित्यकारको रुपमा आफूलाई परिचित गराउँदै आएकी हिरामाया घिसिङसँग मध्यमार्ग साप्ताहिकको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–
० यो क्षेत्रमा के देखेर लाग्नुभयो ?
यो क्षेत्र मेरो मन पर्ने क्षेत्र हो । विद्यार्थी जीवन छँदै आफूमा आइपरेको समस्याले यो क्षेत्रमा कलाई लाग्न प्रेरित ग¥यो । जब कक्ष ५ को पढाइ सकाएँ त्यस पछिको पढाइको लागि नजिकै विद्यालय थिएन । विद्यालय जान डाँडा पारी जस्तो विकट ठाउँमा चार घण्टा हिँडेर जानु पर्ने अवस्था थियो । जुन क जस्ता थुप्रैको लागि ठूलो समस्या थियो । त्यसैले मैले पढाइलाई त्यहिँ छाड्नु पर्ने भयो । त्यो अवस्थामा आफू विद्यालय जान नपाएको पीडालाई, मनको कहलाई जानी नजानी कापीमा उतार्ने गरें । त्यहि पिडालाई कापीमा पोख्दा पोख्दै कविताहरु लेख्न थालें । त्यहिबेला देखिको लेख्ने बानीले मलाई यो क्षेत्रमा डो¥यायो ।
गाउँको घाँस दाउरा गर्दा गर्दै मेरो पढाइ पाँच वर्ष पछि धकेलिन पुग्यो । त्यहि आफ्नै वेदनाले नै म यो क्षेत्रमा नजानिदो पाराले होमिन पुगें ।
० लेखन प्रतिको सक्रियता कहिलेदेखिको हो ?
सानै देखि अलि अलि कलम चलाए पनि ०६६ सालमा तामाङ स्रष्टा समाजले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा दोस्रो स्थानमा आए पछि लेखनमा सक्रिय हुन थालेकी हुँ । बिचमा केहि समय पढाइ र आफ्नो घरायसी तथा व्यवहारिक कारणले केहि समय साहित्यबाट अलि टाढा भएँ ।
० साहित्य सिर्जनामा के कति अप्ठेराहरु सामना गर्नुप¥योे ?
त्यस्तो अप्ठेरो त नभनौं तर तामाङ भाषाको लेखनमा ठेंट तामाङ भाषको ज्ञान नहुँदा र नबुझ्दा लेखनको समयमा केहि अप्ठेरा भए । बुबा आमा दाजुहरुको सहयोगले केहि सहज भयो ।
० यो क्षेत्रमा लागेर के पाउनुभयो ?
पाउनु भन्दा पनि यो क्षेत्रमा लागेर आफ्नो भावनालाई कोर्न पाएकोछु ।
० अहिले सम्म तपाईले साहित्यमा के कति सफलता पाउनुभयो ?
खासै सफलता भन्दा पनि संघर्ष गर्दैछु यो क्षेत्रमा । अहिले सम्म आफ्नै मातृभाषा तामाङ भाषामा दुईवटा कृति निकालेको छु । ‘आपा आमाला मोलम’ (बाबु आमाको आशिर्वाद कविता संग्रह) र ‘च्युम्बा मी’ (बन्द आँखा ) गीती संग्रह । खरु पनि निकाल्ने प्रयास गरिरहेको छु ।
० तपाईको तामाङ भाषामा मात्र मोह देखियो नि ?
मैले नेपाली भाषामा पनि लेखेको छु तर आर्थिक अभावमा त्यसलाई प्रकाशन गर्न सकेको छैन । तामाङ भाषामा चाहिँ आफू पनि तामाङ भएको नाताले अलि बढी नै आफ्नोपनको माया लागेर बढी लेख्ने गरेको चाहिँ सत्य हो ।
० तपाईंलाई नेपाली भाषामा लेख्न सजिलो की तामाङ भाषाको साहित्य ?
मलाई त नेपाली तामाङ भाष दुबैमा उस्तै लाग्छ । दुबै भाषको उतिकै माया लाग्छ । तामाङ मेरो मातृभाषा हो भने नेपाली हामी सबैको राष्ट्रिय भाषा । लेखेकी छु त मैले नेपालीमा पनि थुप्रै साहित्य तर प्रकाशन गर्न मात्र नसकेको हो अब चाँडै नै नेपाली भाषामा एउटा किताब निकाल्ने सोचमा छु ।
० साहित्य प्रतिको मोह र उद्धेश्य ?
समुदाय भित्रका तीता यथार्थ बाहिर ल्याउनु र समाज सुधारमा केहि गर्न सकिन्छ कि भनेर ।
० यस क्षेत्रमा लाग्नुको प्रेरणाको स्रोत ?
बुबा आमा नै मेरो प्ररणाको स्रोत हो जसले मलाई साहित्य लेखनमा सधैं हौसला दिनुहुन्थ्यो । अनि तामाङ स्रष्टा समाज जसले मलाई यस क्षेत्रमा लाग्न प्ररणा दियो । त्यस्तै मेरो विद्यालयका प्र.अ. उमारुद्र बस्नेत र तामाङ डोजाङ साहित्यिक संस्था ।
० प्रेम के हो ?
प्रेमको परिभाषा दिन गाह्रो छ । यसलाईलाई जसले जसरी बुझ्छ त्यसरी व्याख्या गर्दै आएको पाइन्छ तर मेरो विचारमा प्राणी प्राणी बीच हुने सम्बन्धको आधार नै माया हो । माया बिना जीवन अपुरो हुन्छ ।
० तपाईंलाई मन पर्ने स्रष्टा ?
मलाई पारिजात मन पर्छ अनि तामाङ भाषाका स्रष्टामा सिर्जना गोले मन पर्छ
० जीवन के हो ?
जीवन समय र परिस्थिति अनुसार चल्नु पर्ने एक पात्र हो । जुन सधैं गतिशिल हुनु पर्छ ।
० साहित्यलाई कसरी बुझ्नुहुन्छ ?
साहित्य जीवन र जगतको यथार्थ चित्रण हो भन्ने मलाई लाग्छ तर साहित्यको पनि धेरै विधा हुन्छन् । स्रष्टाहरुले साहित्यलाई आफ्नै किसिमले परिभाषित गर्ने गर्छन् ।
० अन्तमा…………… ?
सर्वप्रथम त मध्यमार्ग साप्ताहिक र तपाईंलाई धन्यवाद । अनि सबै मिलेर आफ्नो पहिचान र अस्तित्वलनई जोगाऔंैं । आफ्नो अस्तित्वको रक्षा आफै गरौं भन्न चाहन्छु ।