
काभ्रे । जीवन मार्ग बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारण सभा माघ १५ गते सम्पन्न गरेको छ ।
साधारणसभाको प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघ उपाध्यक्ष सागरनाथ कपालीले गर्नुभएको कार्यक्रममा अतिथि जिल्ला सहकारी संघ सदस्य हिमाली श्रेष्ठ, प्रभात साकोसका कोषाध्यक्ष बलराम मानन्धर, सौर्य साकोसका अध्यक्ष सुरेस श्रेष्ठ, जीवन साहारा कृषि सहाकारी अध्यक्ष सुबिन्द्व तिमल्सिना लगाएतको उपस्थिति रहेको थियोे ।
उक्त साधारण सभामा काभ्रेपलान्चोक जिल्ला बचत संघ उपाध्यक्ष सागर नाथ कपाली निर्वाचन उप समिति संयोजक रहेको निर्वाचन मण्डलले सन्तोष पराजुलीको अध्यक्षतामा नयाँ कमिटी निर्विरोध चयन गर्नुभएको थियोे । जसको उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा प्रज्ञा भट्टराई बानियाँ, कोषाध्यक्षमा सुन्दर पुलामी, सदस्यमा राजु अधिकारी, पुजन के.सी, उतम खत्री, लेखा संयोजक सरोज पराजुली, सदस्य सुरज बानीया र राम शरण बस्नेत चयन भएका छन् । कार्यक्रमको सभापतित्व साकोसका निवर्तमान अध्यक्ष शुसिलराज गिरीले गर्नुभएको थियो ।