जिल्ला स्थानीय स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण गर

स्थानिय तहमा १५ शैयाको अस्पताल निर्माण गर्न कानुनी प्रकृया पुरा गरी बजेट माग गर्नुपर्छ । जेष्ठ नागरिकहरुको संरक्षण एवं सम्मानको खातिर नेपालको मध्यभागमा जेष्ठ नागरीक अस्पताल निर्माण गरिने भएको छ ।
यता खोपको बारेमा स्थानीय प्रमुखहरुले खोप गाउँ गाउँ पु¥याउन स्वास्थ्य केन्द्रहरुको अभिलेख हेरी गाउँ गाउँमा स्वास्थ्यकर्मी खटाई खोप दिलाउनुपर्ने बेला आएको छ । सरकारले ५ वर्ष माथिका बालबालिकाहरुका लागि ९० लाख डोज खोप अमेरिकी सरकारसँग माग गरी पेश्की रकम समेत पठाइसकिएको समाचारहरु आइरहँदा पाँच दलीय सरकार, एक दलीय सरकारभन्दा उत्कृष्ट बन्दै गएको उदाहरणहरु देखा पर्दै गएका छन् । 
मण्डनदेउपुरमा आधारभूत तहको अस्पताल सञ्चालनमा आएसँगै कर्मचारी भर्ना गर्न आवश्यकता महसुस भइसकेको छ । नीति, नेता र नेतृत्व कायम गरी करारमा कर्मचारीहरु नियुक्ति गरी अस्पताल सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ । त्यस्तै अस्पताल सञ्चालन गर्न आवश्यक सामग्रीहरु के कति चाहिने हो, प्रदेश र संघीय मन्त्रालयमा माग गर्नुपर्छ । मण्डनदेउपुर आधारभुत अस्पतालमा दिने सेवा विकसित मुलुकका नागरिकले पाउने भन्दा गुणस्तरीय ढंगबाट सेवा दिन सक्नुपर्छ । स्वास्थ्य सेवाको क्षेत्रबाट आम नागरिकलाई संघीयताको अनुभुति दिलाउनु पर्नेभएकोले सरकार सोही ढंगबाट अगाडी बढ्नुपर्ने छ ।
सो आधारभूत स्तरको अस्पतालमा बिरामी जाँच गरी रिफर गर्न सकिने व्यवस्था मिलाई स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्छ र यस किसिमको अस्पताल काभ्रेको थप पालिकाहरुमा पनि निर्माण गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ । अब स्थानीय तहका स्वास्थ्यचौकीका प्रत्येक वडामा दरबन्दी थप गरी स्वास्थ्य सेवा दिनुपर्छ । अस्पतालमा मुटु, दम, हाडजोर्नीका सेवाहरु लगायत जेष्ठ नागरिकहरुका लागि उपचार स्थानीय स्तरमै दिन सके आम नागरिकहरुले सर्वसुलभ रुपमा स्वास्थोपचार पाउने थिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *