जातीय विभेद विरुद्ध मानवअधिकार राष्ट्रिय कार्यशाला

काभ्रे । राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना, मानवअधिकार संगठन काभ्रेपलाञ्चोक जिल्लाशाखाको सहकार्य र बेथानचोक गाउँपालिकाको समन्वयमा बिहिबार मानवअधिकार राष्ट्रिय कार्ययोजना र जातियविभेद बिरुद्धको अधिकार कार्यान्वयनको अवस्था विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
आयोगका बागमती प्रदेश कार्यालय प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुखअ आतिथ्यतामा, जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुङ्गाना, पूर्व गाउपालिका अधयक्ष प्रेमबहादुर तिमल्सिना उपाध्यक्ष तारा राना तिमल्सिना, वडाध्यक्ष कुवेर ढकाल, पालिका काकार्यपालिका सदस्यहरु, कार्यालयका विषयगत अधिकृतहरु, सुरक्षाकर्मी, विभिन्न विद्यालयका शिक्षक तथा मानव अधिकारकर्मी र संचारकर्मी तथा मानव अधिकार संगठन काभ्रेका उपाध्यक्ष्य गोविन्द प्रसाद घिमिरे, सल्लाहकार प्रदीप के. सी., मानव अधिकारकर्मी मञ्जु शाह गरी ५५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था र जातिय विभेद बिरुद्धको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि छलफल गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकाले यस अगावै २०७७ असार १० गते सातौ गाउँसभावाट मानव अधिकार र न्याय मैत्री गाउँपालिका घोषणा पत्र पारित गरी कार्यान्वयनमा ल्याए पनि मानवअधिकार राष्ट्रिय कार्य योजना कार्यान्वयन अनुगमन संयन्त्र गठन नभएको पाईएकोले आयोगका अनुगमन टोलीको उपस्थिति मै संयन्त्र निर्माण गरी प्रभावारी कार्यान्वयन गर्ने प्रतिवद्धता गर्नु भएको थियो । उपाध्यक्ष तारा रानाले दलित समुदाय र महिलाहरुको आर्थिक समाजिक साँस्कृतिक अधिकार अवस्थामा सुधार ल्याउन पालिका कृयाशिल रहेको र सोही अनुरुपका नीति निर्माण गरी कार्यान्वयन गर्दै जान आयोगसँग सहकार्य गर्न पालिका इच्छुक रहेकोले सहकार्य गर्न आयोगसँग आग्रह गर्नु भयो ।
मानवअधिकार संगठन काभ्रेका अध्यक्ष राजु सिग्देलले पालिकाले गाउँसभाबाट पास गरेको घोषणा पत्र प्रभावकारी रुपमा कार्यान्वयनका लागि मानव अधिकार संगठनले पालिकासंग सहकार्य गर्दै मानव अधिकार शिक्षालाई घर घरमा पु¥याउन मद्यत गर्ने प्रतिवद्धता व्यक्त गर्नु‘ भयो ।
सोहि अवसरमा बागमती प्रदेशको प्रथम बेथानचोक राष्ट्यि मानव अधिकार समिति गठन गरिएको थियो । समितिमा गाउँपालिका प्रमुख भगवान अधिकारीको अध्यक्षतामा ९ सदस्य बेथानचोक राष्ट्रिय मानव अधिकार समिति गठन गरिएको थियो ।
सो समितिमा उपाध्यक्ष तारा राना तिमल्सिना, वडाध्यक्षहरु मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्णबहादुर लामा, राजकुमार लामा, विष्णुबहादुर तामाङ रहनु भएको छ भने सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी रहनु भएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *