जलवायु सम्बन्धि अभिमुखीकरण

बनेपा । काभ्रे बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको इन्भाइरोमेन्टल÷सेफगार्ड डेक्सको आयोजनामा सोमबार जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं दिगो विकास लक्ष्यका निर्देशक दया सागर श्रेष्ठले उद्योगको अधिकतम विकास, घट्दो कृषि व्यवसाय, प्राकृतिक रुपमा भए गरेका धातु आदिको उत्खनन्, प्राकृतिक स्रोत साधनको व्यापक दोहोन जस्ता विभिन्न कारणले जलवायु परिर्वतन भइरहेको बताउनुभएको थियो । जलवायु परिवर्तनले निम्त्याएको समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष कृष्ण प्यारी नकर्मीले जलवायु परिर्वतन, यसबाट हुने असर र समस्या निराकरणका उपाय जस्ता विषयमा विद्यार्थीहरुसँग छलफल कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता पनि दिने बताउनुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख के.जी बैदारले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ, अर्चना हाडा, श्रीकृष्ण बजगाई, कृपेन्द्र श्रेष्ठ, प्राध्यापक, शिक्षक÷ शिक्षिका, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *