शम्भुप्रसाद न्यौपाने
काभ्रेपलाञ्चोक
माया प्रेममा डुबेको छ छाया परिवर्तनको नारा दिएरै उता
लक्ष साँध्न आतुर हुनन् घुसका डोका पोका पिएरै झुटा
साह्रै गहिरो चिन्तन हावा महलमा अगेनु दाउरा खोज्दैछ
बल्दैन चुल्हो उप्रान्त ग्यासको भाउ दोब्बर वृद्धि भाकोछ ।
पानी जाहाजका सपना फिजे पनि खोलिमा फोहोर मिसायौ
उठे हर्क राई बालेन्द्र पाटिजमा गयो भुईचालो छचल्क्यायौ
लाग्दैन निन्द्रा उनेर माला लगाए स्वतन्त्रले बिकृतिवाले पन्छाउन
बुई चढ्नेले बुझुन कुरा महँगा भए बिक्री एक छाके चलाउन ।
मागेर भोज बेचिएर मोज नेतृत्व महँगा बिथोला सैतान झन्
झुत्रो कपडु झुप्रो छाप्रोको लाजनीति बिकृती बिसंगती पलाउँछन्
गर्दैन राष्ट्रको चिन्ता ! खुईल्याउँछ हाडी घोप्ट्याउन अझै पनि
छिर्दैछ भिर्दैछ सिंहदरबार पछुताउँदैन घुस खोर निदाउँछ उतै अनि ।
उसले खोजेको परिवर्तन भन्दैछ किनुवाको छिनुवा बोको बनी
दासत्व अस्वीकृत गणतन्त्र मान मर्यादाको सिक्कार गरिब अनि
रुचाउन्न भिजाउन्न कुराले च्युरा भिज्दैन भजनमण्डलीहरु बुझ
यात्रा अनन्य शान्दारको घ्यु बेचुवा कि तरबार सन्दर्भ ईन्सान सुझ ।
नआओस आँधीबेरी बितृष्णाको पर्खाल भत्काए हुने यताउदि हजुर
परजिबी परआत्मा पर पुकारी भरणपोषण पालिपोषित उठ्योगजुर
निर्माण निष्ठाले नगरुन् निरुत्साहित ! निसन्देह मत्लब साद्य साधन
देश बनाउने निष्ठा पाल ! भक्ति राष्ट्र भक्तवत्सल गर्दै गर्दै सब याचना ।