– सुदीप बञ्जारा
मानिसको जिवन संघर्षमय हुन्छ । जिवन जिउनको लागि मानिसले धेरै संघर्षगर्नु पर्ने हुन्छ जुन करा मैले पनि भोगे । म त्यहि शिर्षकमा रहेर मेरा जिवनका कुराहरुव्यक्त गर्न चाहन्छु जुन कुराहरु सबैका जिवनमा हुन्छन् मात्र धेरै र थोरै ।
म सुदिप बन्जारा मेरो जन्म वि.स. २०२४ साल वैशाख १९ गते मंगलबारपनौती न.पा. वडा नं. ४ खरिबोटमा भएको हो । मेरो प्रथामिक शिक्षा श्री नेत्र प्रकाश प्रा.वि. खरिबोटबाट शुरु भएको हो । कक्षा १, २ र ३ म त्यहि स्कुलबाट अध्ययन गरी कक्षा ४ मा श्री कुशादेवी माध्यामिक विद्यालय, विहावर कुशादेवीमा भर्ना भएको थिए । मेरो पढाई प्रा.वि.मा हुँदा पनि तेजनै थियो । म कक्षा ३ बाट प्रथम भएर कक्षा ४ मा कुशादेवी मा.वि. मा भर्ना भएको थिए । त्यहाँ पनि कहिले प्रथम, कहिले द्वितिय र प्रायः प्रथम भएको थिए । वि.स. २०४२ सालको टेष्ट परीक्षामा पनि म प्रथम नै भए फलस्वरुप मैले केहि समय त्यहि स्कुलमा अध्यापन गर्ने अवसर पनि पाँए । जब हाम्रो एस एल.सी.को सेन्टर तोक्यो हामी सबै साथिहरुको सेन्टर बनेपा घोयचौर स्थित हिमालयन नि.मा.वि. मा पर्यो । हाम्रो सेन्टर हिमालयन नि.मा.बी.स्क्ुल सम्झदा मलाई अलि पुरानो महत्वपुर्ण कुराको याद आयो । हाम्रो कक्षामा लगभग ९० जना साथिहरु थियौं । अनि हाम्रो स्कुलको नामबाट फर्म भरेर प्राइभेट टेष्ट पास गरी एसएल.सी. दिने अरु लगभग ३०० जना बाग्मती कोचिङ सेन्टरका साथिहरु थिए । यसै सिलसिलामा मैले मेरा आरणीय गुरु हेडसर राम प्रसाद अधिकारीलाई सोधे सर हामी लगभग ४०० जना एसएल.सी. दिने भयौं हाम्रो सिटप्लान गोलमाल भएर कतै हामीलाई परीक्षा दिँदा समस्या त पर्ने होइन? अनि हेड सरले मलाई भन्नु भयो बाबु तिमि त फस्टब्वायी तिमि धेरै कुरा बुझछौ हाम्रो स्कुल धेरै गरिब छ, हाम्रो स्कुलमा आर्थिक कोष छैन यसपाली हामीलाई ठूलो अवसर प्राप्त भएको छ त्यसैले यसपाली भाईले अफठ्यारो नमान्नु भन्नु भयो अनि मैले सोचँे हामी पढ्ने विद्यालयलाई राम्रो कोष जम्मा हुन्छ भने त मलाई पनि राम्रै हुन्छ यहि सिलसिलामा जब हामी वि.स. २०४२ माघ महिनामा हिमालयन नि.मा.वि.मा प्रवेश गर्यौं जुन माघ २२ गते अंग्रेजीको परीक्षा दिइरहेको थिए जव परीक्षाको एक घण्टा समय वितेको थियो । पछाडीबाट एक जना साथिले मलाइ कोट्याउदै थियो ए भाई तेरो पहिलो उत्तर पुस्तिका मलाई ले म सार्नु पर्यो भन्यो मैले एक घण्टामानै कापी थपेको थिए उसले त्यो हेरिरहेको रहेछ । अनि मैले भने गार्डसरलाई भनि दिन्छु कपी त हुदैन गार्ड सरले देख्नु भयो भने हामी दुबैलाई नराम्रो हुन्छ । अनि उसले मलाई नराम्रो गरि हेप्यो म त सानो बच्चा जस्तो थिए ऐ तै होइनस फस्ट तैले त एक घण्टा लेखिसभने पास हुन्छस् मलाई कापी दे होइन भने… अनि मैले पछाडि फर्केर हेर्दा लामा कपाल भएको मुन्द्रा लगाएको मान्छे देख्दा मलाई डर लाग्यो अनि त्यहि बेलामा मेरा आदरणीय गुरु श्री रामप्रसाद अधिकारीले भनेको शब्द सम्झे हेर बाबु हाम्रो स्कुलमा आर्थिक कोष छैन अहिले समस्या भए पनि तिमि अफठ्यारो नमान भनेको याद आयो अनि मैले उसलाई गार्ड सरले नदेख्ने गरी कपि दिए । यस्तै गरी परीक्षा दिइयो अनि म सेकेन्ड डिभिजनमा पास भए त्यो बेलामा पनि म कक्षामा पहिलो नै भएको थिए । यसै सिलसिलामा अब मलाई कलेज पढ्ने र काम गर्ने संघर्ष थियो हामी मध्ययम परीबार के गर्ने काम गर्दै पढ्दै गरियो काठमाडौंमा बसेर । कलेज विहान पढ्ने अनि दिउसो काम गर्ने गर्दै बी.कम. सम्म अध्यन भयो । अनि एस.एल.सी. टिचर कोलागि काठमाडौं शिक्षक छनौट उपसमितिबाट माग भए बमोजिम प्रा.वि. शिक्षकमा मेरो लिखित र अन्तरवार्ताबाट नाम आयो अनि मैले परोपकार मा.वि. भिमसेनस्थान कालीमाटिमा नियुक्ती लिए । त्यो समयमा म सोल्टी होटलमा प्रवेश गरेको २ वर्ष भइसकेको थियो अनि मैले सरकारी जागिर भनेर सोल्टी होटलमा नाइट ड्युटी मिलाई दुख गरेर दिउसो स्कुलमा पढाउन जान्थे । यत्तिकैमा करिब २ वर्ष वित्यो अनि आइकम पास भए अब वि.कम. पढ्ने बेला भयो । म विहान बि.कम. पढ्न जाने दिउसो स्कुल पढाउन जाने अनि राती सोल्टी होटलमा ८ घण्टाको जागिर खाने, अनि मलाई धेरै गाह्रो भएछ र मेडिकल चेकअप गर्दा टाइफाइट भएछ । अनि मलाई धेरै गाह्रो भएको देखेर मेरो बुबाले बाबु यस्तो समस्या हुने काम नगर भन्नु भयो अनि मैले शिक्षकमा राजिनामा दिए र पढाईको साथमा सोल्टी होटलमा काम गरी रहे । मैले होटल प्रवेश गर्नु अगाडि नै विवाह गरेको थिए मेरो श्रीमती साधारण लेखपढ गृहणी छिन् । म सोल्टी होलमा प्रवेश सँगसँगै मेरो छोरा
जन्मियो त्यसको २÷२ वर्षको फरकमा दुई वटी छोरीहरु जन्मे । समय यत्तिकै वित्दै थियो त्यस बेलामा हामी संयुक्त परिवारमा थियौं । समाजको चलन अनि भिन्न हुनु पर्ने दाजुभाईहरुको वाध्यताका बाबजुत म भिन्न हुन पुँगे । हामी ४ दाजुभाई मध्ये म कान्छो तर बुबा आमा पनि छुट्टै बस्नु भयो जसले गर्दा मलाई साना बच्चा अनि श्रीमतीलाई सहयोग गर्नु पर्ने अनि होटलको प्राइभेट जागिर राम्रो बनाउनु पर्ने वाध्यता त्यस माथि पढाईको निरन्तरता पनि थियो । म क्लासको प्रथम भएकोले मलाई मेरो गुरु हेडसरले सुदिप पढाई कति भयो सोधि रहनु हुन्थ्यो जसले गर्दा मैले बि.कम. पास गरे । क्रमशः बच्चाहरु ठुला हुदै आए फलस्वरुपः उनिहरुलाई पढाउन प¥यो । अनि मैले सोचे की बच्चाहरुलाई बस्ने बास एउटा राम्रो आवश्यक भयो अनि घर बनाउनु तिर लागे । बच्चाहरुलाई पढाउन लागे । अनि आफूले पढाई छोडेर बच्चाहरुको भविष्यतिर लागें ।
अहिले सम्म यसमा म सफल हुनुमा मेरी श्रीमतीको ठूलो हात छ अनि मेरो गुरु आदरणीय रामप्रसाद अधिकारीको हात पनि छ । उहाँको भनाईहरु म अहिले पनि याद गरिरहेको छु । उहाँले दिनुभएको भनाई मध्ये एउटा महत्वपूर्ण भनाई हो – सादा जिवन उच्च विचार । यो भनाई मलाई धेरै मन पर्यो र त्यसको फलो गर्दै म यहाँ सम्म आइपुगे । मेरा छोरीहरु दुबैको विवाह भईसक्यो । जेठी छोरीले एम.बि.एस, एल.एल बी पास गरिन हाल उनी बैंकमा काम गर्छिन, कान्छि छोरी वि.वि.एस. उनी परिवारमा सघाउ गर्छिन, मेरो छोराले बि.इ. मेकानिकल र आइटि डिप्लोमा गरी हाल उ अमेरिकामा एम.इ. को तयारीमा छ साथै ज्वाईसापहरु आ–आफ्नो काममा व्यस्त हुनुहुन्छ । घरमा श्रीमतीले रेखदेख गर्छिन । म कामबाट रिटार्य भए पछि सामाजिक काममा व्यस्त छु कहिले अमेरिका र कहिले नेपाल गरि घुमफिरमा हुन्छु । यसरी मेरो जिवन चलिरहेको छ । मेरा पुराना संघर्षहरु मैले अहिले सबै बिर्सिरहेको छु, जसले गर्दा मेरो परिवार अहिले सुखमय चलिरहेको छ । त्यसैले मैले यो महसुस गरेको ीषभ ष्क क्तचगननभि जिवन जिउनको लागि संघर्ष केहि होइन । संघर्षको लागि जिवन हो । संघर्षदेखि हामी डराउनु हुदैन हाम्रो भावना उदार हुनु पर्छ, सहयोगको लागि तत्पर रहनु पर्छ । अरुको आस नगर्नु आफ्नो मेहनतमा भर पर्नु, त्यसपछि हाम्रो बाटो खुला हुन्छ । सके अरुको सहयोग गर्नु, नसक्ने भए वास्ता नै नगर्नु । जे फल रोप्यो त्यही फल फुल्छ वा फल्छ भन्ने कुरामा विश्वास गर्नु ।
लोभ, मोह, डाह, रिस, शंका, डर आदि कुराहरुलाई बिर्सिदै आफ्नो नविन गन्तब्यमा अगाडि बढ्नु । आफ्नो जिवनको मार्ग आफै रोज्नु, मानिस आफ्नालागि मात्र हैन अरुका लागि पनि बाच्नु पर्छ भन्ने कुरालाई मनन गर्नु । जिवनप्रति संधै आशावादी हुनु र संर्घषसिल वा प्रयत्नसिल हुनु नै वास्तविक आफ्नो सौन्दर्य हो । आफ्नो जिवन यात्राको क्रममा जतिसुकै कठोर भएपनि शान्त र धैर्य राख्नु आफ्नो कर्तव्य हुनेछ ।
अन्त्यमा यो सघर्षमय जिवनबाट पछाडि नहटौँ भन्दै शान्ति नै सुख हो र शान्तीबाट नै सम्बृद्धी आउँछ भन्ने कुरामा अडिग रहनु होला अवस्य आफ्नो लक्ष्यमा पुगिनेछ ।