चाप बढेपछि बारअनुसार सेवा

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले नयाँ नागरिकता सेवा प्रवाहमा चाप बढेको र कोरोनाको जोखिम बढेको भन्दै पालिकालाई दिदैँ आएको सेवा प्रवाहलाई कटौती गरेको छ । जिल्लाका ११ वटा पालिकालाई जिल्ला प्रशासन कार्यालय काभ्रेले पुस १५ गतेबाट बार अनुसार सेवा प्रवाह गर्ने सूचना मार्फत जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्धारा सोमबार जारी सूचनामा धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकालाई आइतबार र बुधबार मात्र नयाँ नागरिकता दिने उल्लेख छ । त्यस्तै पनौती नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लु गाउँपालिका र रोसी गाउँपालिकाले सोमबार र बिहीबार मात्र सेवा पाउने छन भने बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाले मंगलबार र शुक्रबार मात्र सेवा पाउने भएका छन ।
त्यस्तै खानीखोला गाउँपालिकाका नागरिकले भने हप्ताभर सेवा पाउने सूचनामा उल्लेख छ । महाभारत गाउँपालिकाको केन्द्र देवीटार मै इलाका प्रशासन कार्यालय रहेका कारण उत्तैबाट सेवा प्रवाह हुने गरेको छ ।
फोटो सहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र लगायतका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेमा नागरिकता बनाउनेको चाप बढेको छ । नागरिकता बनाउनेको चाप बढेपछि एउटा नागरिकता लिन तीन दिन सम्म लागेको सेवाग्राहीले गुनासो गरेका छन ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *