चक्रेश्वरको अध्यक्षमा उद्धव

काभ्रे । बेथानचोक गाउँपालिका वडा न १ च्याम्राङबेशीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा उद्धव प्रसाद दाहाल चयन हुनुभएको छ । संस्थाको २६ औं बार्षिक साधारण तथा ९ औं अधिवेशनबाट दाहालको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन भएको हो । 
संस्थाको उपाध्यक्षमा गोपाल प्रसाद दाहाल, सचिवमा सन्तोष घिमिरे, कोषाध्यक्षमा मखमलीमाया गोले चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विकास लामा गोले, सुमन दाहाल, विष्णुप्रसाद तिमल्सिना, यक्षप्रसाद घिमिरे, होमप्रसाद दाहाल, नवीन दाहाल र सरस्वती घिमिरे रहनुभएको छ । लेखा समितिको संयोजक मेघनाथ दाहाल चयन हुनुभएको छ । 
शनिवार भएको उद्घाटन सत्रको प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गर्नुभएको थियो । उक्त सभा वडा अध्यक्ष सोमनाथ घिमिरे, नेपाली काँग्रेस प्रदेश समितिका सचिव नेत्रप्रसाद दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त संस्थामा ६३० शेयर सदस्य रहेका छन ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *