गाडी दुर्घटनाबाट एकको मृत्यु

काभ्रे । बेथानचोकमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडाका दलबहादुर तामाङको बनेपा स्थित शिर मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।
तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको बोहराले जानकारी दिनुभएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको बोहराले बताउनुभयो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *