चिकित्सा बिज्ञानको क्षेत्रमा खोप एउटा महत्वपुर्ण उपलब्धि हो । अझै माहामारीको रुपमा फैलने रोग नियन्त्रणमा यसको महत्व अतुलनिय भएकोले बैज्ञानिकहरु अहोरात्र खोपको बिकासमा लागी परेका छन् । धरै रोगहरु विरुद्ध खोपको विकाश समेत भैसकेको छ भने दर्जनौं रोग विरुद्धका खोपहरु विकासको क्रममा रहेका छन् । कयौं खोपहरुले रोग उन्मुलनको लागि सहयोग गरेता पनि केही खोपहरुले बिरामीमा हुने जटिलता कम गरी मृत्यु हुनबाट बचाएको देखिन्छ ।
प्रत्येक वर्ष दिइने फ्लू खोपको मात्राले इन्फ्लुएन्जा भाइरसको संक्रमणलाई रोक्दैन तर यसले बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिक जस्ता जोखिममा पर्ने समूहलाई तुरुन्तै अवस्था बिग्रनबाट रोक्छ ।
फ्लू खोप जस्तै कोरोना विरुद्धको खोप लगाउनुको मुख्य उद्देश्य संक्रमण नै रोक्नु भन्दा पनि कोरोना भाइरसको आक्रमण शरीरका लागि कम घातक बनाउनु हो । नयाँ बिकसित ओमिक्रोन भेरिएन्ट खोप लगाएका वा पहिले नै देखा परेको कोभिडका कारण कायम भएको प्रतिरक्षा प्रणाली विरुद्ध पनि आक्रामक रहेको छ । यसरी हेर्दा खोप लगाएका व्यक्तिहरूमा संक्रमण देखिनुलाई सामान्य रूपमा लिइनुपर्छ । खोप लगाइसकेका मानिसहरूको हकमा कोभिड संक्रमणको वृद्धिले अस्पताल भर्ती हुने र ज्यान गुमाउने दरलाई कम गरेको भने देखिएको छ ।
कोरोनाको गम्भीर संक्रमण रोक्न सकियो भने अस्पतालका आकस्मिक कक्षहरूमा चाप घटाउने, इमरजेन्सी केअर वार्डहरूमा शैयाहरू बढी उपलब्ध हुने अवस्था निर्माण गर्न सकिन्छ । युरोपेली सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको खोप दिन थालिए यता युरोपका ३३ देशमा ६० वर्ष भन्दा माथिका ४ लाख ७० हजार मानिसको ज्यान जोगिएको उल्लेख गरेको छ ।
संसारभर ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको छ । अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्वभर गरिएका अध्ययनहरुले पछिल्लो समय कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने विज्ञहरुले बताइएका छन् ।
नेपालमा समत विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट ओमिक्रोनले कोरोना खोप लगाएका–नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ । पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस–जीन नेगेटिभ सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको र बाँकीमा एस–जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टा सँगै ओमिक्रोन फैलिएको पुष्टी भएको छ । सामान्यतया डेल्टा र ओमिक्रोन दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन सकिँदैन । पहिलाको डेल्टा भेरिएन्ट जस्तै ओमिक्रोनको लक्षणहरुमा समेत घाँटी दुख्ने र असहज हुने तथा थकान महसुस हुने अनि टाउको र शरीरका मांशपेशी दुख्नेलक्षण देखिएका छन् । त्यसैगरी हल्का शरीर तातिएको महसुस हुने तथा नाकबाट पानी आउने नाक बन्द हुने जस्ता लक्षण समेत देखिएका छन् ।
सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जान सक्ने खतरा समेत रहेको बिज्ञहरुले जनाएका छन् । नेपाल सरकारले माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत आदेश दिएको छ । राज्यको नियम पालना गर्नु सबै नागरिकको दायित्व हो भने अझै संकटकाल र माहामारीको समयमा स्वास्थ्य मापदण्ड पालना गरेर स्वास्थ्यको बारेमा चनाखो रहेमा आफु सुरक्षित हुने मात्र हेन समुदायलाई समेत सुरक्षित गर्न सकिन्छ ।