खरिबोटका कृषकका सारथि बञ्जारा

काभ्रे । मजदुर बचाउ आन्दोलनमा भारतको आसाममा १० वर्ष र प्रजातन्त्र तथा स्वतन्त्रताको पक्षमा क्रियाकलाप गरेको आरोप सहित तत्कालिन अवस्थामा मल्पी गा.वि.सको प्रधानपञ्चपदमै बहाल रहेको अवस्थामा पक्राउ परि २०२८ सालमा जेल भोगका लिलाबहादुर खत्रीका जेष्ठ सुपुत्र प्रदिप के.सी(बञ्जारा)लाई पिताबाट पाएको प्रेरणाका कारण सानै उमेर देखि राजनीति तथा समाजसेवाको रहर जागेको थियो ।
वि.सं २०२२ साल फागुन १ गते जन्मिएका बञ्जाराले २०४२ सालमा एस.एल.सी पास गरेसँगै उनी पत्रकारितामा आवद्ध रही समाजसेवा तथा राजनीति गर्ने उदेश्य सहित पञ्चकुमारी छापाखानामा जोडिए । काम सँगै अध्ययनलाई निरन्तरता दिएका बञ्जाराले प्रविणता प्रमाणपत्र तह सम्म अध्ययन गर्न सफल भएका थिए । नेपालभूमि साप्ताहिक काठमाडौंबाट लेखन शुरुवात गरेका बञ्जाराले जिल्लाबाट प्रकाशन हुने जनमत मासिक तथा काभ्रेटाइम्स साप्ताहिक मार्फत पत्रकारितालाई निरन्तरता दिइरहे । राष्ट्रिय समाचार समितिमा जिल्लाका समाचार सम्प्रेष्ण गर्दै गर्दा आफ्नै मिडिया संचालन गर्ने रहर जागेपछि बञ्जाराले २०६२ सालमा मध्यमार्ग साप्ताहिकको शुरुवात गरे । ११ वर्षे शसस्त्र द्वन्द्वको समयमा स्थापना भएको मध्यमार्ग साप्ताहिकले शुररुवाती समयमै संर्घषपूर्ण समय व्यतित् गर्नुपरेको उनी सम्झन्छन् । ‘जनताका आवाज जनमास नै पु¥याउने हाम्रो उद्देश्य थियो । सरकारी तथा द्वन्द्वरत दुवै पक्षको चेपुवामा थियौं तर पनि कति नआत्तिइ मध्यमार्गलाई निरन्तरता दिइरह्यौं । जिल्लाबाट प्रकाशित हुने सिमित पत्रपत्रिका भएको त्यो कठिन समयमा आफूले गरेका काम अहिले सम्झँदा पनि गौरव लाग्छ,’बञ्जारा बताउँछन् ।


गिताञ्जली प्रिन्टिङ प्रेस, भुवन प्रिन्टिङ प्रेस हुँदै अहिले उनी बन्दिकापुर छापाखानको समेत मालिक हुन् । छापामाध्यमसँगै रेडियो संचालन गर्ने उद्देश्य सहित मध्यपूर्व एफ.एम पनि संचालन गरेपनि राजनीतिक तरंगका कारण त्यसबाट हात झिकेको बञ्जारा बताउँछन् । शुरुमा राजनीतिक चेत अत्यावश्यक देख्ने बञ्चारा पछिल्लो समयको राजनीति देखि दिक्क लागेको बताउँछन् । सधै समाजका कमजोर नागरिकका समस्या, जनचासोका विषयमा समाचार देख्ने बञ्जारा कृषिमा भने शुरुदेखि नै लगाव भएको बताउँछन् । पुख्र्यौली घर पनौती वडा नं ८ खरिबोट भएका के.सीले आफ्नो छरछिमेकमा भएको जग्गामा कृषकहरुको मेहनत देखेर केही गरौं भन्ने योजना बुनेका थिए । सहकारीमार्फत नै कृषकलाई एकीकृत गरी कृषिकर्म गर्ने सोच राखेका के.सीसँग सहकारी सम्बन्धि अनुभव पनि थियो । परिचित विन्ध्यवासिनी सहकारीमा १२ वर्ष सम्म संचार उपसमिति सदस्य भएर उनले काम गरेका थिए भने सहकारी व्यवस्थापन तालिम सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम लिएका थिए । त्यससँगै युएसआइडीको सहयोगमा खाद्यन्न,तथा तरकारी खेति सम्बन्धि तालिमको प्रशिक्षक प्रशिक्षण तालिम लिएका थिए । नेत्रज्योति समाज सुधार संघ खरिबोटको अध्यक्ष,रेडक्रस सोसाइटी खरिबोट उपशाखा सभापति, एमनेष्टि इन्टरनेशनल समूह ७२ को संचार संयोजक, सुपरजोन आलु प्रधानमन्त्रि कृषि परियोजना कार्यान्वयन इकाई सदस्य, मावन अधिकार संगठन काभ्रेको मिडिया संयोजक जस्ता पदमा रहेर बञ्जाराले आफ्नो सक्रियता प्रदर्शन गरिसकेका छन् ।
आफ्नो रुचि, ज्ञानलाई उपयोग गर्ने उद्देश्य सहित समुदायका कृषकहरुको नेतृत्व गरी कृषि सहकारी दर्ता गर्नका लागि उनी तत्कालिन सहकारी डिभिजन कार्यालय धुलिखेल पुगे । त्यहाँका कर्मचारीहरु राजु अधिकारी, तथा शंकर दुलालको सल्लाहमा मध्यमार्ग कृषि सहकारी नामाकरण गरि संस्था दार्ता गरेको उनी स्मरण गर्छन । सहकारी दर्ता पश्चात उनले जिल्ला कृषि ज्ञान केन्द्र तथा अन्य निकायको समन्वयमा कृषकहरुका लागि टनेल, ट्रे र फलफूल विरुवा बितरण लगायतका कार्य गरेको बताउँछन् । खरिबोट क्षेत्रमा वर्षौ देखि गरिँदै आएको सुन्तला खेतिमा समस्या देखिए पछि कृषि शिविर संचालन गरेको उनले बताए । सुन्तलामा देखिएको समस्या सहजरुपमा समाधान गर्न गह्रो हुने ठहर सँगै प्लाष्टिक घरमा खेति गर्न हौसिएका कृषकलाई प्रोत्साहन हुने कार्यक्रम संचालन गर्ने सोच सहित कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेपछि कार्यक्रम स्विकृत भएको उनी बताउँछन् । कार्यक्रम अनुसार ५० प्रतिशत कृषकको लागतमा ७० लाखको कृषि औजार उपकरण, सामग्री वितरण गरेको उनको भनाई छ । तरकारी कृषकका लागि सहजताका लागि उनले सहकारी मार्फत नै रासयनीय मलको डिलर संचालन गरेका छन ।
गाउँको आफ्नो जग्गा कृषिकार्यका लागि भाडामा दिएका बञ्जार परिवारसँगै बनेपामा बस्छन् । विभिन्न संस्थाहरुमा संलग्नता सँगै मध्यमार्ग साप्ताहिक तथा बन्दिकापुर छापाखानाको संचालक रहेका उनलाई न आफ्नो गाउँको चिन्ताले छाडेको छ न कृषकको । पत्रकारिता सँगै कृषिकर्ममा बञ्जाराको लगाव लोभलाग्दो छ । आफ्ना स्वर्गीय पिताबाट व्यक्तिगत स्वार्थभन्दा सामुहिक हितमा ध्यान दिनुपर्छ भन्ने ज्ञान पाएका बञ्जारा खरिबोट क्षेत्रका कृषकलाई व्यवसायीक बनाउन सकेको सहयोग गर्ने र जिल्ला भरका किसानको पक्षमा आवाज उठाइरहने बताउँछन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *