कोशिपारीलाई दार्जलिङ जस्तो बनाउन सकिन्छ

कोशिपारीलाई दार्जलिङ जस्तो बनाउन सकिन्छ समाजसेवी कुलबहादुर लामा मादनकुँडारीका कुलबहादुर लामा, कोशीपारी क्षेत्रको लागि चर्चित नाम हो । २०३६ सालदेखि २०४२ सालसम्म विभिन्न सरकारी विद्यालयमा शिक्षण गरेका लामा आफ्नो स्थायी सरकारी जागिर छोडेर व्यापार व्यवसायतर्फ लागेका थिए । मादनकुँडारीको स्वस्थानी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका लामा युनिभर्सल सेक्युरिटी सर्भिस प्रालि, चावहिलका अध्यक्ष हुन् । एशियन फ्रेन्डसिप नेटवर्क नेपालका अध्यक्ष रहेका लामा कोशीपारी र आसपासका क्षेत्रमा शिक्षाको विकासमा सक्रिय छन् । उनी अन्य सामाजिक काममा पनि उतिकै सकृय छन् । आजकाल के काममा व्यस्त हनुहुन्छ ? मेरो आफ्नै व्यवसाय छ । युनिभर्सल सेक्युरिटी प्रालिमा अध्यक्ष छु । त्यसैले आफ्नो व्यवसाय र गाउँघरमा कसरी शिक्षाको उन्नती र प्रगती गर्न सकिन्छ भनेर पनि लागेको छु । समाजसेवा र व्यवसायलाई कसरी समय मिलाइरहनुभएको छ ? म व्यवसायीक काम गरेर दुईचार पैसा जुन आर्जनज गर्न सकिन्छ, व्यवसायबाट आर्जन गरेको केही रकम आफ्नो परिवारलाई खर्च गरेर वाँकी रहेको पैसा र थोर बहुत शिक्षा क्षेत्रमा लगानी गरिरहेको छु । समयको कुरा गर्दा विहान र बेलुका म व्यवसायमा तल्लीन हुुन्छु र दिउसो चाँही शिक्षा र गाउँघरको कसरी विकास गर्न सकिन्छ भनेर छलफल र अन्तरक्रियामा नै व्यवस्त हुन्छु । आफ्नो विद्यालय स्वस्थानी माविलाई नमुना बनाउन के के गर्नुभयो ? पहिलो कुरा त त्यहाँका अविभावकमा छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने राम्रो चेतना छ । शिक्षकहरु पनि जागरुक भएर मेरो पेशा र खेती नै यही हो भनेर लागेका छन् । त्यसैले मेरो सानो सहभागिता र सुझावले पनि विद्यालयले राम्रो प्रगति गर्न सकेको छ । त्यो व्यक्तिको पहलमा नमुना बनेको विद्यालय हैन । त्यहाँ त्यो क्षेत्रका सबै मानिसको रगत, पसिना र परिश्रम बगेको छ । एशिया फ्रेण्डसिप नेटवर्क नेपालको सकृयतामा केही रकम उठेको थियो । त्यसमा जिल्ला शिक्षा कार्यलय काभ्रे, जिल्ला विकास समिति काभ्रेबाट समेत केही रकम प्राप्त भयो । गाविसले पनि केही रकम सहयोग गर्यो । र यो गाँउबाट विभिन्न स्थानमा बसाइसराई गरेर गएका र काठमाण्डौँमा विभिन्न पेशा तथा व्यवसाय गरेर बसेकाहरुले पनि विद्यालयको लागि ठूलो सहयोग गरेका छन् । उनीहरुले हाम्रो आग्रहमा चन्दा सहयोग गरे र समुदायको सकृयतामा उठेको ती पैसा इमान्दारिता पुर्वक खर्च गरियो र विद्यालयको त्यो संरचना बन्यो । शिक्षाको सवालमा विद्यालय, विद्यार्थी, समुदाय, व्यवस्थापन सबैको सकृयतामा ४ बर्ष नै उत्कृष्ट नतिजा समेत ल्याउन सफल भएका छौँ । कोशीपारीको यो विद्यालय नमूना बन्नुमा सबैको साथ र सहयोग छ । . शिक्षा क्षेत्रमा केकस्ता विकृति छन् जस्तो लाग्छ ? शिक्षा क्षेत्रमा रहेका विकृतिको कुरा गर्दा सरकारी विद्यालयहरुमा निरिक्षण प्राय शून्य नै छ । जिल्ला शिक्षा कार्यलयले पनि यसमा ध्यान पु¥याउन सकेको छ जस्तो मलाई लाग्दैन । जसरी चेक एण्ड व्यालेन्सका साथ अगाडी अगाडी बढ्नुपथ्र्यो, त्यसो हुन सकेको छैन । यही कारण शिक्षा क्षेत्रमा विकृति छन् । अनुगमन र निरीक्षण भयो भने धेरै कुरा ठिक हुन्छ । तपाई त काठमाण्डौँ बस्ने मान्छे, गाउँको विकासको लागि किन लाग्नुभयो ? म जन्मेको ठाँउ त्यही गाँउ हो, मेरो जन्मभूमि त्यही हो, दुई अक्षर पढ्ने र लेख्ने मौका पनि मैले त्यही पाएको हुँ । त्यहाँका साथीभाइहरुले पनि घच्घच्याउँछन्, सोही कारणले पनि म गाउँको शिक्षा र अन्य विकासको लागि लागिरहेको छु । कोशीपारी क्षेत्रको समस्या के के हुन् ? कोशीपारी क्षेत्रका १७ वटै गाविसको प्रमुख समस्या भनेको खानेपानी नै हो । दोस्रो कुरा भनको शिक्षाको स्तर हो । शिक्षास्तर कमजोर हुनुको कारण पनि यो क्षेत्र अगाडी बढ्न सकेको छैन । वाटो पनि यहाँको समस्या हो । शिक्षा राम्रो भयो भने राजधानीको धुलोमैलोमा कसैले आफ्नो छोराछोरी पढाएर बस्दैन् । शिक्षकहरुले मिहेनत गरेर पढायो भने, अविभावक जागरुक भए भने नहुने केही छैन । दार्जलिङमा पनि अरु केही छैन, त्यहाँ पनि शिक्षा नै विकास भएको हो । कोशिपारी पनि शिक्षा क्षेत्रको विकास भयो भने दार्जलिङ जस्तै बन्न सक्छ । यहाँ हावापानी पनि राम्रो छ । कसैले काठमाण्डौँको कोलाहलमा आफ्ना छोराछोरी पढाएर बस्दैनन्, सबै गाउँ फर्किन्छन् । कोशिपारी क्षेत्रको सम्भावना के छ ? प्रशस्त सम्भावनाहरु छन्, पोहोर साल म सिक्किमको एउटा गाँउमा पुगेको थिए । त्यहाँ झाँक्रीहरुको मुर्ति बनाइएको रहेछ । विभिन्न तपस्या गरिरहेका आकृतिहरुको पनि मुर्ति बनाइएको रहेछ । कोशीपारीमा पनि त्यस्ता सम्भावनाहरु छन् । चौवासबाट हिमालहरु प्रत्यक्ष देखिन्छन् । त्यहाँ रिर्सोटहरु खुलाउन सकिन्छ । गुम्वाहरु , विभिन्न धर्मसस्कृति अनुसारका परम्परा झल्काउने कुराहरु त्यहाँ बनाउन सकियो भने त्यो कोशिपारी क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्र बनाउन सकिन्छ तर त्यहाँ पानी भने चाहियो । बाटो घाटो लगायतका विकासका पुर्वाधारहरु पनि चाहिए । पछिल्लो समय राजनीतिलाई कसरी हेरिरहनुभएको छ ? हामी सामाजिक क्षेत्रमा लागेका मान्छे, राजनीतिको कुरा त गर्नहुने हैन । तर पनि समस्या कहाँनेर हो भने राजनैतिक नेतृत्वले पहिला आफु, आफ्नो परिवार र त्यसपछि पार्टीको स्वार्थ हेर्न थाले । राष्ट्र र राष्ट्रियताको चिन्ता कसैलाई भएन । जनताको पिरमर्काको कसैलाई चिन्ता भएन । उनीहरु व्यक्तिगत र पारिवारीक स्वार्थमा नै सिमित भए । त्यही कारण देशमा विकास हुन पनि सकिरहेको छैन । दलहरुले सहमतिको संविधान त दिन सकेनन् नी ? मैले पहिले पनि भने जनताहरु प्रति दलहरु उत्तरदायी नै भएका छैनन् । जनताको काम गर्नुपर्छ, जनताको पिरमर्का समाधान गर्नपर्छ भन्ने नेताहरुमा भएन । त्यो कन्सेप्ट नै भएन नेताहरुमा । त्यही भएर सहमतिको संविधान पनि आउन सकेन । नेताहरु व्यक्तिगत, पारिवारीक र दलगत स्वार्थमा नै अल्मलिए । अवको राजनैतिक निकास के हुन्छ सक्छ ? अवको निकास भनेको दलहरु प्रजातान्त्रिक ढंगबाट अगाडी बढ्नुपर्छ । प्रजातन्त्र मासेर अघि बढ्नु भएन । एक अर्कामा मिलेर नयाँ चुनावमा गएर मिलेर जनमत लिएर मात्रै संविधान बनाउनुपर्छ । दलहरु पनि यसका लागि तयार छैनन्, जनताहरुमा पनि विश्वास छैन तर अहिलेको राजनैतिक निकास भनेको नयाँ चुनाव नै हो । अन्त्ययमा पत्रिका मार्फत ? नेपाललाई विकास गर्न शिक्षा क्षेत्रलाई विकास गर्न जरुरी छ । शिक्षालाई महत्व दिएर यसको विकासको लागि अग्रसर भयो भने सबै कुराको समस्या समाधान हुन्छ । यसबाट नै राजनैतिक निकास पनि निस्किन्छ । व्यक्तिगत समस्या समाधान गर्न, अनुशासित बन्नको लागि शिक्षा आवश्यक छ । नेपालको वर्तमान शिक्षा नीतिमा पनि परिवर्तन गर्न आवश्यक छ । नगेन्द्र अधिकारी

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *