कोरोनाबाट मकरमेला प्रभावित

प्रत्येक बाह्र वर्षमा लाग्ने मकरमेला कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मेला प्रभावित भएको छ । मकरमेला सम्बन्धी लिइएका प्रतिक्रियाहरु उल्लेख गरिएको छ ।

मकरमेला व्यवस्थापनमा स्वास्थ्य पाटो

नवराज सापकोटा
मकरमेला व्यवस्थापनमा स्वास्थ्य पाटोको जिम्मेवारी थपिएको छ । ऐतिहासिक, साँस्कृतिक, धार्र्मिक नगरी पनौतीमा लाग्ने मकरमेला देशभर मात्र नभई छिमेकी राष्ट्रभारतमा पनि परिचित छ । हरेक १२ बर्षमा लाग्ने मकरमेला यसै वर्ष अर्थात २०७८ माघ महिनाभर लाग्छ । तर विश्वलाई प्रभावित पारेको कोरनामहामारीले मकरमेलालाई पनि अछुतो राखेन । केही महिनाअघि देखि देशका सबैजसो क्षेत्रमा संक्रमणको प्रभाव घटेको भएपनि गत २ साता यता नयाँ भेरियन्ट सहित संक्रमण दर बढ्दो छ । त्यसैमा पनि राजधानीमा संक्रिमितहरुको संख्या देशका अन्यभाग भन्दा तुलनात्मकर रुपमा बढि छ ।
राजधानीबाट नजिकै रहेको सानो शहर पनौतीमा लाग्ने मकरमेला संक्रमणले प्रभावित बनाएको छ । मेला व्यवस्थापनका लागि पनौती नगरपालिकाले २ सय ५१ सदस्य मेला मुल व्यवस्थापन समिति बनाई तयारी तिब्र बनाएको थियो । मेलामा विभिन्न आर्कषणहरु रहने तयारी थियो । विभिन्न स्टलहरुसँगै भागवत कथावाचन लगायतका लागि स्थान तयारी बनेका थिए । तर संक्रमण बढेसँगै जिल्ला कोभिड व्यवस्थापन समिति काभ्रेले मकरमेला स्थगन गर्ने निर्णय गरेको छ । मकरमेला मुल व्यवस्थापन समिति पनौतीले पनि सूचना जारी गर्दै मेला सम्बन्धी सबै कार्यक्रम स्थगित भएको जनाएको छ । यद्यपी मेला स्थगित भए पनि त्रिवेणीघाटमा मकर नुहाउन भने पाइने छ । जसका लागि निरन्तर आवश्यक व्यवस्थापन मिलाईको छ । मकर नुहाउनका लागि एक पटकमा २५ जना भन्दा कम संख्यामा उपस्थित भएर सुरक्षा मापदण्ड पालना गर्दै मकर नुहाउन सकिने जनाइएको छ ।
कोरनाको नयाँ भेरियन्ट अन्य भेरियन्ट भन्दा छिटो फैलिने विज्ञहरुको भनाई छ । जसले गर्दा मकर नुहाउने तथा दर्शन गर्न आउनेहरु थप सचेत हुन जरुरी छ । मेला व्यवस्थापकका लागि यसले थप जिम्मेवारी बनाएको छ । मकर नुहाउन आउनेहरुले स्वास्थ्य मापदण्ड पालना गरेनगरेको हेर्नु , पालना गराउनु । यसका लागि मेला स्थलमा उपस्थितिहरुलाई मात्र होइन सार्वजानिक यातायातका साधनमा पनि अनुगमन जरुरी छ । ग्रामीण क्षेत्रका लागि थप साधनको व्यवस्थापन मेलामा उपस्थितिका लागि सहजीकरण गर्दै मकर नुहाउने कार्यलाई निरन्तरता दिनु नै उपयुक्त हुन्छ ।
सामान्य अवस्थामा नगरले स्वास्थ्यको पाटोमा प्राथमिक उपचार स्थल मात्र निर्माण गर्दा पनि पर्याप्त हुन्थ्यो । कोभिड महामारीका कारण मेला व्यवस्थापनमा स्वास्थयक्षेत्रलाई विशेष रुपमा परिचालन गर्न खाँचो छ । मकरमेला नभए पनि तिर्थयात्रुले मकर नुहाउन दर्शन गर्ने वातावरण सृजना गर्नु पर्छ भने मकर मेला नै संक्रमणको कारक बन्न दिनु पनि हुँदैन ।

हामी कुम्भ मेलामा लागेका छौं

रामकुमार बस्नेत, अध्यक्ष
पनौती नगरमा जुन ऐतिहासिक बाह्र वर्षे मकरमेला कुम्भ मेला मिति २०७८ साल माघ महिनाको १ गतेदेखि माघ मसान्त सम्म लाग्ने कुम्भ मेलाको पूर्ण तयारीमा जुटिसकेको छ । पनौती नगरपालिकाले मकर मेला मूल व्यवस्थापन समारोह समिति गठन गरी उपसमितिहरुले समेत जिम्मेवारीका साथ अहिले कुम्भ मेलामा आउने भक्तजनहरुलाई त्रिवेणी घाटमा स्नान गरी गोरखनाथ डाँडामा रहेको गोरखनाथ बाबालाई हातको बुढी औंलाको माथि पानी राखी चढाउने प्रचलन चलिआएको छ भने पौराणिक किंवदन्ती अनुसार गौतम ऋषिको श्रापले स्वर्गमा राजन इन्द्रले भोग्नुभएको श्रापको मोक्षको लागि पनौतीको त्रिवेणीघाटमा व्रत बसी पाप मोक्ष भएको किंवदन्ती अनुसार पाइन्छ भने धार्मिक विश्वास अनुसार १२÷१२ वर्षमा सोही अनुसार मकरमेला लाग्ने र त्रिवेणीघाटमा नुहाएपछि पाप मोक्ष हुने जनविश्वास रहि आएको छ भने पौराणिक किंवदन्ती अनुसार देवता र दानवको लडाईंमा लक्ष्मण घाइते भई सञ्जीवनी बुटि हनुमानले ल्याउने क्रममा एउटा सानो टुक्रा खस्न गई उत्पत्ति भएको कुञ्जगिरी पर्वत गोरखनाथ डाँडामा परिणत हुन गई उत्पत्ति भएको किंवदन्ती छ । सोही प्राङ्गणमा धार्मिक तथा पर्यटन प्रवद्र्धन विकासको लागि स्थानीय बासिन्दाको उपस्थितमा यज्ञ मूल आयोजक समिति र गोरखनाथ संरक्षण संस्थाको संयुक्त आयोजनामा श्रीमद्भागवत् महायज्ञ लगाई उद्देश्य नौ फिट अग्लो पञ्चधातुबाट निर्मित गणेश मूर्ति स्थापना सहित पार्क बनाउने लक्ष्य लिई शुरु गरिएको महायज्ञबाट श्रद्धालु भक्तजनहरुले गरेको सहयोग चन्दाबाट निर्माण गर्ने उद्देश्यले कार्य सुरु गरिएको जानकार गराउँदछु र हाल विभिन्न संघ, संस्था, व्यक्तिहरुले सहयोग गरी निर्माण कार्य सम्पन्न भई यहि आउँदो माघ ४ गते मंगलबारका दिन प्राण प्रतिष्ठा गरी भक्तजनहरुमा खुल्ला गरिने समितिको निर्णय बमोजिम खुल्ला गर्न पिठाधिस १००८ रमानन्द गिरी महाराज र नगर प्रमुखबाट उद्घाटन कार्य गर्न गइरहेको छांै भने यसको आयस्रोत चन्दा संकलन र सहयोगबाट निर्माण कार्य पूरा भएको बताउन चाहन्छु ।

संस्थाबाट पनौती नगरपालिकाबाट अनुदान स्वरुप रु. पाँच लाख, ६ नं. वडा कार्यालयबाट रु. २ लाख १ हजार छ भने व्यक्तितर्फ स्व. अनिरुद्र पसछेंबाट रु. २ लाख २२ हजार २ सय २२, अन्य सम्पूर्ण भक्तजनहरुबाट दिएको सहयोगले हामी सफल भएका हौं भने हालसम्म चन्दा संकलनबाट आम्दानी रु. ७०÷७१ लाख संकलन भएको छ भने उठ्ने क्रम जारी छ । हालसम्मको खर्च रु. ५९÷६० लाख भएको छ । समितिको निर्णयअनुसार दीगो संरक्षणको लागि अक्षयकोषको स्थापना गर्नुपर्ने निर्णय गरिएको छ । निर्माण कार्य सकी बाँकी हुन आएको रकम अक्षयकोषमा जाने र पुनः सहयोग गर्न हार्दिक अपिल गर्दछु ।

बाह्र वर्षपछिको मकरमेला खेल नजाओस्

तुयुकाजी ताम्राकार
बाह्र वर्ष लामो समयको पर्खाई पछि लागेको मकरमेला हेर्ने, आफन्तहरुको र अन्य तीर्थ यात्रीहरुको स्वागत सत्कार गर्ने पनौतीवासीहरुको इच्छा, आकांक्षमा तुषारापात कोरोनाको तेस्रो भेरिएन्टले गर्ला नि भन्ने आशामा असत्य होस् भन्ने इच्छामा चिसो पानी खन्याउँदै मकरमेलालाई थरिथरिका टिप्पणी सरकार र जनताहरुबाटै उठ्न थालेका छन् । मलाई लाग्छ, बाह्र वर्षपछि लाग्दै गरेको मेला खेर नजाओस् । धार्मिक रुपले त्रिवेणीघाटमा तेस्रो नदी पद्मावतीको पवित्र जल मिसिएपछि बन्ने त्रिवेणीको पवित्र घाटमा नुहाऔं तन, मनले शान्ति प्राप्त गरोस् । त्यसैले सरकारले कोरोनाको कहर रोक्न छिटोभन्दा छिटो औषधी र भ्याक्सिन लगाइदेओस् ।
बनेपा पनौतीको सडक पिच गरियोस्, नगरपालिकाले गरिसक्नुपर्ने अन्य कामहरु गरिसकियोस् भन्ने इच्छाहरु अपूरो त भएकै छन् । समयमा काम नथाल्दा अपूरो हुँदो रहेछ भन्ने ज्ञान सम्बन्धित सबैले पाओस् र अब आइन्दा काममा ढिलासुस्ती गर्नुहुँदैन भन्ने ज्ञान पलाओस् । यहि शुभकामना मकरमेलाको उपलक्ष्यमा ।

मकर मेलाको महिमा

रमेश प्रसाद जंगम
मकर भनेको दशौं राशी मकर
ऐरावतको द्वारपाल मकर
माछालाई मकर
माघे संग्रातीलाई मकर संग्राती भनिन्छ तर

पनौतीमा लाग्ने मकर मेला बाह्र वर्षमा लाग्ने मेला मकरमेला २०७८ साल माघ १ गते देखि २९ गतेसम्म लाग्छ । स्वर्गको राजा देवराज इन्द्रले आफूले गरेको अनैतिक कामवासको (अहिल्यालाई) मोक्ष प्राप्त गरेको स्थान पनौती (पन्ती, पलाँती, पाञ्चाल, अस्मनगर) ले प्रसिद्ध छ । देवराज इन्द्र र इन्द्रायणीले दिव्य १२ वर्ष तपस्या गरी लिलावती रुद्रावतीको संगममा बसी पद्यावती (पार्वती) नदी स्वरुप बगेर त्रिवेणी यही २०७८ साल माघ १ गते देखि २९ गतेसम्म त्रिवेणी भई मकर मेला हुने गरेको हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।
श्री इन्द्रेश्वर महादेव शिव लिङ्ग निरञ्जन निराकार शिव लिङ्गलाई वि.सं. १२९४ मा बिरदेवी युवराज्ञी लेस्यापनागी वि.सं. १४५७ मा जयसिंह राम वर्थनले सुनको मोलमा लगाएको चतुर्मुख चढाएको उल्लेख गरिएको पाइन्छ । नेपालको रानी पोखरी बनाउने क्रममा प्रताव मल्लले जल हाल्ने क्रममा वि.सं. १७२७ मा यही पनौतीको त्रिवेणीको जल रानी पोखरी हालेको पाइन्छ । नेपालको ६४ शिव लङ्गमध्ये ९ श्री इन्द्रेश्वर महादेव उल्लेख पाइन्छ ।
मकर मेला धेरै परिवर्तन भएको पाइन्छ । मैले २०३० सालमा सबै मेला पसल प्रदर्शनी सिरानचौरमा एकै थलोमा राखिएको थियो । त्रिवेणी परिसर, इन्द्रेश्वर परिसरमा भजन किर्तन, भागवत् वाचन हुन्थ्यो । पौष महिना देखि नै शुरु हुन्थ्यो । हाल सबै मानिसहरु धेरै परिवर्तनशील भए र मनोरञ्जनतर्फ बढेको हो कि जस्तो छ । धार्मिकतर्फको मानिक कम भएर गएजस्तो देखिन्छ । जे जस्तो भएपनि पनौती मकरमेला अरु बेलाभन्दा हजार गुणा फल प्राप्त हुन्छ र अमृतको वर्षा हुन्छ तर २०७८ साल माघ १ गते देखि २९ गतेसम्म कुनै न कुनै दिन अमृत र त्रिवेणीको संगम हुन्छ । त्यसैले तपाईं हामी सबै पनौती आउनुस् र त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी आफ्नो मनोकामना पूरा गरी पुण्य कमाउनु भन्ने सम्पूर्ण धर्मालम्बीहरुमा अनुरोध गर्दछु ।

स्नान गर्न २५/२५ को समूह

कृष्णधन कर्माचार्य
मकरमेला सञ्चालन गर्न हामीले २५–२५ जनाको समूह निर्माण गरी ¥याली सञ्चालन गर्ने ।
मास्क, सेनिटाइजर सबैलाई उपलब्ध गराई साँस्कृतिक ¥याली ३० गते ११ बजे मानेश्वरी बसपार्कबाट शुरु गरी बसपार्कमै आई मकरमेलाको संकेत दर्शाउने ।
पनौती नगरपालिकाले यस वर्ष १७० वटा समिति बनाई काम गरेको सन्तोषजनक नै छ र हरेक चीजमा नगरपालिकाले अनुगमन नगर्दा फितलो देखिएको छ ।
ढल बनाउँदा अनुगमन नगर्दा खोलामा आउने वर्षे भेलले बगाउन सम्भावना देखिन्छ र बजेट १ वर्ष पनि पूरा नभई फेरि बनाउनुपर्ने देखिन्छ ।
मन्दिरहरुमा झलर–तोरण राख्दा जात्रा समितिसँग समन्वय नगरी राखेकोले बजारमा विवाद आएको पाइन्छ ।
नगरपालिकाले विकास निर्माण गर्दा टिपर जाने बाटो बनाउँदा ‘घमासान छ्वाला’ फुटाएको मानेश्वरी सपिङ कम्प्लेक्स र मानेश्वरी मन्दिर पछाडि ढल निर्माण गर्दा ऐतिहासिक ढुंगा फुटाएकोले विवाद देखिन्छ ।
त्यस्तै ‘क्व खुशी पुल’ तल ‘गोङग लो’ र मान्छे मर्दा त्रिवेणीघाट भन्दा माथि पिण्डदान गर्ने ढुंगा फुटाएको र त्रिवेणीघाट मुनि टिपर हिँड्ने सडक एवं पुल निर्माण गर्दा ‘¥यापी ल्वहं’ को (ऐतिहासिक ढुंगा) फुटाएर नगरपालिका विवादमा आएको छ ।
वडा नं. ७ कार्यालयले हिँड्ने वैकल्पिक बाटोमा हिलो माटो माथिसम्म थुपारेकोले पानी पर्दा मकरमेलाको जलाशय प्रवाभित हुने देखिएको छ ।
रुटको बारेमा भन्नुपर्दा मानेश्वरीबाट नमोबुद्ध रोड हुँदै झोलुङ्ग पुल, रातो पुल र नयाँ पुल हुँदै त्रिवेणीघाटमा स्नान गरी उत्तर तर्फको गोरखनाथ (कुञ्जगिरी पर्वत) गई हत्केला र दाहिने हातको बुढि औंलाको फेदमा पानी राखी चढाउने किंवदन्ती छ । त्यसपछि पूर्व तर्फको सिंढिबाट ओर्ली प्रहरी चौकीसँगैको बाटोबाट ठूलो पुल क्रस गरी फलामे पुलबाट त्रिवेणी निस्केर इन्द्रेश्वर महादेवको दर्शन गरी पुरानो बजारबाट मानेश्वरी बसपार्क निस्कने रुटको व्यवस्था मिलाइएको छ ।

पनौती मकरमेला

रमेशचन्द्र कर्माचार्य
पनौती धार्मिक एवं ऐतिहासिक नगरी हो । यहाँ विभिन्न किसिमका जात्रापर्वहरु चलिआएको छ ।
इन्द्रदेवद्वारा गौतम ऋषि अहिल्याको सुन्दरताबाट प्रेरित भएर जुन खराब कार्य गर्न पुगे त्यसबाट ऋषिको श्रापबाट भएको इन्द्रदेव श्रापमुक्त हुन जे जस्तो तपस्या यस पनौतीस्थित त्रिवेणीमा गर्नुभयो । त्यसबाट श्रापमुक्त भएपछि यहाँ मेला शुरु भएको भएपनि हामी बाल्याकालदेखि पनि मेला हेर्दै आएको त्यसबेला देखि विभिन्न तह र तप्काका व्यक्तिहरु, संघसंस्थाहरुबाट विभिन्न सेवा सुविधाहरु तिर्थाटन गर्नेहरुलाई दिएको पाइन्छ । त्यस ताका मेला भर्दा आजजस्तो यातायातको सुविधा थिएन, त्यति पार्किङ्ग सुविधा चाहिन्न थियो । आज दुई जना मानिस आउँदा एउटा गाडी वा मोटर साइकल आउँछ तर यस बखतको तयारी पर्याप्त नभएको देखिन्छ । तयारीको लागि जति अन्त्यमा न.पा.ले जाँगर देखाए, त्यो अत्यन्त ढिला भएको देखिन्छ ।
प्रत्येक १२ वर्षमा कार्यक्रम हुन्छ, हुने कुरा पहिल्यै थाहा भएर पनि तयारीमा कमी आउनुलाई त्यति सहज रुपमा लिन मिल्दैन । अन्तिम समयमा काम गराइले खर्च धेरै कच्ची तथा कम चलाउ मात्र भयो । जे होस् मकरको तयारीमा जे भएको छ, त्यसमा बाध्य भएर सन्तोष मान्नुपर्छ साथै यस्तो प्रत्येक वर्ष मेला लागे राम्रो हुनेरहेछ, कमसेकम काम भयो, गर्नेले गरे, काम पाए, कमाउनेले कमाए इत्यादि जे भएनि भएकै छ ।

उत्तर प्रयाग र मकरमेला

अमृतमान गोच्छे
मैले १८ सालदेखि मकरमेला देखेको हो । त्यसबेला ९ वर्षको थिएँ । ३० सालदेखि सक्रिय भोलिन्टरी सेवा गरें । ४२ र ५४ मा पनि रेडक्रसमा आबद्ध भई भोलिन्टर गरी मास मिलाउने, मानिस हराएको सूचना माइकबाट सुनाउने गरिन्थ्यो ।
२०६६ मा इन्द्रेश्वर क्याम्पस व्यवस्थापक समितिको अध्यक्ष भई शिव पुराणको आयोजना गरिएको थियो । त्यसबाट उठेको रकम क्याम्पस भौतिक संरचनामा खर्च गरिएको थियो । +२ साइन्स र एमबिएस सञ्चालन गरियो ।
पनौती संस्कृति र पौराणिक सहर भएको किंवदन्ती अनुसार पनौतीलाई उत्तर प्रयागको धार्मिक स्थलको रुपमा लिइन्छ ।
यस वर्ष मकरमेला व्यवस्थापन पनौती नगरपालिकाले लिएको छ तर संरचना निर्माण कार्यमा भने ढिलाई भएको छ । अब हेरौं, कोभिड–१९ को तेस्रो भेरियन्टले कस्तो रुप लिने हो । मेला भिडभाड नगरी भोलिन्टरले व्यवस्थापन राम्रो गरेमा मेला राम्रैसँग सम्पन्न हुन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *