काभ्रे । काभ्रेमा कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार १०७ जनाको परीक्षण गर्दा २१ जनामा कोभिड देखिएको छ । जिल्लामा अहिलेसम्म ८२ जना कोभिडको सक्रिय संक्रमित रहेका छन् ।
सबैभन्दा बढी धुलिखेल नगरपालिकामा ४२ जना कोभिडका बिरामी रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बनेपामा १३ र पनौती नगरपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् ।
चौरीदेउराली गाउँपालिकामा ७ जना, पाँचखाल नगरपालिका ५, बेथानचोक गाउँपालिकामा २ जना र नमोबुद्ध नगरपालिकामा १ जना कोभिडका सक्रिय बिरामी रहेका छन् ।
काभेका १३ वटा गाउँपालिका मध्ये ८ वटा स्थानीय तहमा कोभिङ फैलिएको छ । प्रायःजसो पालिकाले निःशुल्क कोभिड परीक्षण गर्न थालेका छन् । स्वास्थ्यकर्मीहरूले यसअघिकै जस्तो मास्क लगाउन, बढी भिडभाड हुने ठाउँमा नजान, बेला बेला साबुन पानीले मिचिमिचि हात धुन र दूरी कायम गर्न आग्रह गरेका छन् ।