काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्ष र कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवा÷कैदी बन्दीहरुलाई ब्ल्याङकेट वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहदु खत्रीको समन्वय तथा सहकार्यमा शुक्रबार कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवा÷कैदी बन्दीहरुलाई ब्ल्याङकेट वितरण गरिएको हो ।
धुलिखेल अस्पतालको प्रबन्ध शाखा प्रमुख निरुपा माकाजु श्रेष्ठले कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवा÷कैदी बन्दीहरुको लागि ५० थान ब्ल्याङकेट उपलब्ध गराउनुभएको थियो । उक्त ५० थान ब्ल्याङकेट कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवा÷कैदी बन्दीहरुलाई वितरण गरिएको हो ।