कैदीको मृत्यु

धुलिखेल ÷ कर्तव्य ज्यान मुद्धामासर्वस्व सहित जन्मकैदको सजाय खेपिरहेका एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार धुलिखेलमा रहेका पार्वतीपुर– ६ चितवनका कुम बहादुर कामीको बिहीवार राती मृत्यु भएको कारागारले जनाएको छ ।
छातीमा समस्या देखिएको भनिएका उनको अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।   कामीलाई कर्तव्य ज्यान मुद्धामा चिवतन जिल्ला अदालतले २०६६ साल माघ २७ गते सर्वस्व सहित जन्मकैदको सजाय तोकेको थियो । मृतक कामीले मानसिक सन्तुलन गुमेको रोगको औषधी  र मुटु रोगीले सेवन गर्ने औषधी  सेवन गरिरहेको बुझिएको छ । हृदयघातबाट उनको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ  । प्रहरीले घटनाको बारेमा छानबिन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा छानविन टोली बनाएको छ ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *