के हो ड्रागन फ्रुट ?

काठमाडौं । पछिल्ला केही वर्षयता नेपालमा ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढेको छ । परम्परागत खेतीबाट लगानी वढी र फाइदा कम भएपछि किसानको आकर्षण यस खेतीमा बढेको हो । खासमा के हो ड्रागन फ्रुट ?
पछिल्लो पाँच वर्ष यता नेपालमा ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढेको छ । सुख्खा देखिने डाँडाहरु यतिबेला ड्रागन फ्रुटका विरुवाले भरिन थालेका छन् भने कतिपय ठाउँमा उत्पादन पनि शुरु भइसकेको छ । गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातीको फलफुल हो ड्रागन फ्रुट । यसका विरुवाहरु कमजोर हुने भएकाले सपोर्टको आवश्यकता पर्दछ । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाइन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायत हुँदै अहिले यो फल नेपाल भित्रिएको हो । नेपालमा ड्रागन फ्रुट २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथीमार्फत भियतनामबाट नेपाल भित्र्याएको बताइन्छ । त्यसयता नेपालका काभ्रे, सुनसरी, रुपन्देही, गोरखा, झापा, धनकुटा, दाङ, दोलखा लगायत धेरै जिल्लाहरुमा यसको खेती हुँदै आएको छ ।
दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ का किसान मानबहादुर तामाङ्गले जिल्लामै पहिलो पटक ड्रागन फ्रुटको व्यवसाय शुरु गर्नुभएको छ । १० रोपनी जग्गामा खेती थाल्नुभएको उहाँको व्यवसायबाट अहिले उत्पादन पनि शुरु भएको छ । यसको महत्व बुझेर खेती थालिएको उहाँ बताउनुहुन्छ ।
यो विरुवाको प्रशारण कलमी तथा बीउबाट गर्न सकिन्छ । कम्तीमा एक बर्ष उमेरका बिरुवाबाट कटिङ लिनुपर्छ । यसमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । यसलार्ई गमला, घरको छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल मीठो मात्र छैन, औषधीय गुणले पनि भरिपूर्ण छ । यसले कब्जियतको दोष ठीक पार्छ । यसको मुन्टाको तरकारी बन्छ भने फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । स्वदेशमै केही गर्नुपर्छ भनेर लागेका युवाहरुलाई प्रोत्साहन गर्न व्यवसायमा संलग्नलाई राज्यबाट सहुलियतको कार्यक्रम सञ्चालन भइरहेको सरकारी अधिकारीको भनाइ छ ।
प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागन फ्रुटबाट फल लिन सकिन्छ । शुरुशुरुमा नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ प्रतिकेजीसम्म विक्री हुने यो फलको अहिलेको मूल्य भने पाँच सयदेखि आठ सयसम्म रहेको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *