बनेपा ÷ कृषि विकास बैँक बनेपा शाखाले अत्याधुनिक अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । “कोर बैंकिङ सिस्टम ” नामको उक्त सेवा मार्फत ग्राहकले बैँकको कुनै पनि शाखामा पैसा राख्न, झिक्न र आफ्नो बचत बुझ्न सक्नेछन् । यसको लागि उसले अत्याधुनिक टी ट्वान्टीफोर सफ्टवेयरको प्रयोग गरेको छ । विश्वमा नै अत्याधुनिक मानिएको उत्त सफ्टवेयर नेपालमा केही बैँकले मात्र प्रयोगमा ल्याएका छन् ।
आफ्ना सेवाग्राहीलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्न सेवा शुरु गरिएको शाखा प्रवन्धक पिताम्वर भण्डारीले जानकारी दिए । उनका अनुसार, ग्राहकले १ मिनेटमै यी सम्पुर्ण सुविधा लिन सक्छन