पनौती ÷ मध्यमार्ग कृषि सहकारी संस्थाले आफ्ना कृषक शेयर सदस्यलाई निशुल्क तरकारीको विउ वितरण गरेको छ । नेपाल एग्रिकल्चर फरेष्ट्री नेपालले उपलव्ध गराएको काक्रो, सिमी, बोडी, धनिया र तितेकरेलाको विउ सदस्यहरुलाई वितरण गरिएको हो । संस्थाका अध्यक्ष प्रदिप केसीले उक्त विउहरु वितरण गरेका थिए ।
सहयोगी संस्थाका प्रवन्धक राजेश श्रेष्ठले आगामी दिनमा पनि थप तरकारी तथा अन्नका विउहरु सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारीमा आवद्ध किसानहरुलाई आफ्नो संस्थाले प्राविधिक सहयोग समेत उपलव्ध गराउने उनले जानकारी दिए ।