किशोरी माथि सामुहिक बलत्कार गर्ने थुनामा प्रहरी सम्मानित

धुलिखेल ÷ एक किशोरी माथि सामुहिक बलत्कार गर्ने ७ जना आरोपितहरुलाई थुनामा राखिएको छ । जिल्ला न्यायधिश दिपेन्द्र अधिकारीको इजलासले संलग्न सबैलाई थुनामा राख्न आदेश दिएको हो ।
प्रहरी सहायक निरीक्षक दिपेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । थुना पर्नेमा सिपाली चिलाउने ३ का  का ५४ बर्षे शंखमान मोक्तान, मेथिनकोट ९ का २५ बर्षे बिशाल भन्ने पंन्च बहादुर स्याङतान तामाङ, शिखरआम्बोटे ८ का २२ बर्षे कुमार बि.क, मेथिनकोट ८ का १८ बर्षे राम बहादुर स्याङतान तामा¨ ,  सिपाली चिलाउने ३ का २० बर्षे ट्यापे भन्ने आकाश तामा¨, शिखरआम्वोटे ८ का २२ बर्षीय कुमार विक र  सोही घटनामा संलग्न बनेपा ८ की ४० बर्षीय जानुकादेवी थापा छन् ।
पानी खाने बहनामा गत चैत १३ गते  राति घरमा छिरेका ती हतियारधारीले १६ बर्Èिया किशोरीलाई सामुहिक बलत्कार गरेका थिए । किशोरीका बाबुलाई हतियार देखाई नगद समेत लुटेका थिए । चैत १४ गते बुधवार पिडित ती किशोरी र आफन्तले थापा मुख्य योजनाकार भएको किटानी सहित प्रहरी कार्यलय भकुण्डेवेशीमा उजुरी दिएका थिए ।
घटना भएको १ महिना पछि वैशाख ११ र १३ गते धुलिखेल, भक्तपुर र काठमाण्डौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई वैशाख १५ गते आइतवार नै डाँका, ज्यान मार्ने उद्योग र जजवजस्ती करणीको मुद्धा दायर गरिएको थियो ।  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल बहादुर घर्तीले सबैजनाले अपराध स्विकार गरेको बताए । जिल्ला प्रहरी प्रमुख रिक्त रहेको र प्रहरी निरिक्षकहरुको पनि सरुवा भएकाले छिट्टै प्रगति हुन नसकेको उनले स्विकारे ।
कार्यक्रममा अनुसन्धानमा खटिएका प्रहरी नायव निरीक्षक दिपेन्द्रबहादुर चन्द, प्रहरी सहायक निरिक्षक होमनाथ भट्टराई, प्रहरी जवानहरु विनोद थापा र ठूलोबाबु खड्कालाई नगद सहित सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल, जिल्ला सरकारी वकिल शारदा प्रसाद कोइराला, पत्रकार, मानवअधिकारवादी र महिला अधिकारवादीको सहभागितमा उनीहरुलाई सम्मान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी ढकालले सबै सरोकारवालाहरुको सकरात्मक सहयोग भए समाजमा यस्ता घटना कम गर्न सकिने तर्क गरे । पुर्वसभासद शिला कतिलाले यस्ता घटनामा राज्यले सर्वस्वसहित जन्मकैदको व्यवस्था हुुुनुपर्ने माग गरिन् । पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेलले यस्ता घटना नियन्त्रण र दोषीलाई कार्वाही गर्न दवावका लागि सञ्चार क्षेत्रले रचनात्मक भुमिका खेल्ने बताए । स्थानीय उद्धव काफ्लेले सबैको सहयोग र अग्रसरतामा आरोपी पक्राउ परेकाले सबैलाई धन्यवाद दिए ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *