काभ्रे जिल्लामा बयासी हजार निरक्षर

काभ्रे जिल्लामा बयासी हजार निरक्षर
गोबिन्द खनाल
काभ्रेपलाञ्चोक जिल्लामा अझै ८२ हजार ५ सय ६ जना नागरिक निरक्षर रहेको तथ्याँक सार्वजनीक भएको छ ।
जिल्ला शिक्षा कार्यालय काभ्रेले काभ्रे जिल्लाभरका निरक्षर नागरिकलाई साक्षर बनाउन ’’ साक्षर नेपाल अभियान’’ सञ्चालनको पूर्व तयारीका क्रममा सो तथ्याँक सर्वजनिक गरेको हो ।
विगतमा राष्ट्रिय साक्षरता अभियानका नामले सञ्चालन भएको साक्षरता अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८७ गाउँ विकास समिति र ३ नगरपालिकाबाट कूल २ करोड ९२ लाख ७ सय ९ जना नागरिक साक्षर भईसकेको कुरा समेत जिल्ला शिक्षा कार्यालयको तथ्याँकमा उल्लेख छ ।
’’साक्षरता काभ्रेपलाञ्चोक अभियान’’ अवधारणा अन्तर्गत सन् २०१५ भित्र नेपालबाट निरक्षर उन्मूलन गर्ने महत्वकाँक्षी योजना अन्तर्गत काभे्रपलाञ्चोक जिल्लामा पनि त्यस अभियानलाई सफल वनाउन साक्षर अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् ।
अभियानलाई अगाडी वढाउँन ३२ गाउँ विकास समिति र २ नगरपालिकाबाट यस आ. व. मा ९ हजार १ सय नागरिकलाई साक्षर बनाउन कार्यक्रम विस्तार गरिएको हो र चैतको दास्रो सातादेखि कार्यक्रम सञ्चालनको तयारीमा जुटिरहेको जिल्ला अनौपचारिक शिक्षा शाखा प्रमुख खगेन्द्रप्रसाद प्रसाईले जानकारी दिएका छन् ।
तीन महिने साक्षर नेपाल अभियान अन्तर्गत जिल्लामा कूल ४ सय ५५ कोटा बितरण गरिएको छ । जस अनुसार काभ्रेमा साक्षर बनाउने संख्या ९ हजार १ सय र स्वयं सेवाबाट साक्षर हुने संख्या ३ हजार ९ सय गरी यस आ. व. मा १३ हजार नागरिकलाई साक्षर बनाउनु पर्नेछ ।
नगरपालिकाभित्रका काही पनि नागरिक निरक्षर नहुन भन्नाका लागि सघन रुपमा अभियान सञ्चालन गरिने कार्यक्रम प्रमुख प्रसाईको भनाई रहेको छ । साक्षर नेपाल अभियानलाई सफल एवं प्रभावकारी वनाउन यस वर्ष अनौपचारिक शिक्षा केन्द्रले विगतको रणनीतिलाई केहि परिवर्तन गरि समुदायिक अध्ययन केन्द्र, सामुदायिक विद्यालय तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्था मार्फत प्रस्ताव माग गरी छनोट भएका संस्थामार्फत सो अभियान सञ्चालन गर्न लागेको छ । साक्षर नेपाल अभियानलाई पूर्ण सहयोगका लागि जिल्ला शिक्षा कार्यालय काभ्रेले नागरिक समाज, राजनीतिक दलका प्रतिनिधी, स्थानिय संघ संस्था, सामुदायिक विद्यालय, नीजि विद्यालय तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ । काभे्रमा राष्ट्रिय जनगणना २०६८ को तथ्याँक अनुसार जिल्लाको कूल साक्षरता प्रतिशत ६९.८०% रहेको छ ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *