काभ्रे । बागमती प्रदेशकका मुख्यमन्त्री बहादुर सिं लामाले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
शनिबार, काभ्रेको बनेपा स्थित काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्टस् हलको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
क्याम्पसमा निर्मित स्पोर्टस् हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास रहेको बताउ“दै खेलकुदको क्षेत्रमा पनि धेरै विकास गर्न आवश्य रहेको देखिएको छ, जसका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उहाँले खेलले मानिसलाई स्वस्थ्य र अनुसान बनाउने भएकाले सानै उमेरबाटै खेलकुदका क्रियाकलापमा सहभागी हुन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा, बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले नगरपालिका र क्याम्पसको सहकार्यमा निर्माण गरिएको यस प्रकारको खेलको विकास कार्यले खेलाडीहरुलाई थप प्रोत्साहन मिलेको बताउनुभयो । जिल्लामा खेलकुद क्षेत्रको विकासको लागि प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि आफूले पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बनेपा नगरपालिकाको करिब ४० लाख सहयोगमा क्याम्पसमा स्पोर्टस् हल निर्माण गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटाले खेलका लागि पूर्वाधार क्षेत्रमा धेरै विकास गर्न बा“की रहेको बताउनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख केजी वैदारले गर्नुभएको थियो ।