काभ्रे उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व

बनेपा काभ्रे उद्योग बाणिज्य संघको ३९ औ बार्षिक साधारण सभा तथा ५० औ स्वर्ण जयन्ती मनाइएको छ । शनिवार बनेपामा उद्योग बाणिज्य संघ काभे्रले एक कार्यक्रमका बीच मनाएको हो ।
काभ्रे क्षेत्र न ३ का सांसद एवम् पूर्व उद्योगराज्य मन्त्री कञ्चनचन्द्र बादेले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले काभे्र उद्योग बाणिज्य संघले सामाजिक कार्यमा काम गदै आएकोमा प्रशंसा गदै यस्ता कार्यले समाज परिर्वतनलाई सहयोग पुग्ने अपेक्षा लिएको बताए । कार्यक्रममा बनेपा नगरपालिका उपमेयर रेखा दाहाल, उद्योग बाणिज्य संघका केन्द्रिय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, प्रदेश न ३ का संयोजक दिनेश श्रेष्ठ, पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिना, उवासका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठ, काभे्र उवासका पूर्व अध्यक्ष दियशरत्न शाक्य, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । काभे्र उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव प्रताप बैद्यले गरेका थिए ।
अधिबेशनले प्रकाश मान्नधरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध अध्यक्ष सहित अन्य पदमा भएपनि उपाध्यक्षमा भने तीन जनाको प्रतिस्पर्धा रहेको छ । यो समाचार तयार पार्दा सम्म दुई उपाध्यक्षको पदपरिमाण आएको छैन । बसन्तनारायण भोछिभोया, राजेन्द्र पसंक्षे र स्वायम्भुराज शाक्य वीच उपाध्यक्षमा प्रतिस्प्रर्धा भएको छ ।
त्यस्तै अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा प्रताप बैद्य, महासचिवमा कैलास पलाञ्चोके, सचिव रविन्द्र बैदार, कोषाध्यक्ष गुव्रिन तौजले, मुख्य संयोजक रंजित पलाञ्चोके, सहसचिव विकास तिमल्सिना, सहकोषाध्यक्ष कृष्णलाल श्रेष्ठ चयन भएका छन । त्यसै गरि खुला सदस्यमा हरिकुमार कर्माचार्य, रामसुन्दर श्रेष्ठ, मानकाजी प्रधान, रोहीतकुमार श्रेष्ठ र सुरेशभतm भोछिभोया निर्विरोध चयन भएका छन ।
त्यस्तै बस्तुगत सदस्य तर्फ नवराज भुर्तेल, एशोसियट तर्फ सुविन्द्र राजभण्डारी, साँगा सदस्य शुकदेव जोशी, दाप्चा सदस्य विकास कुमार श्रेष्ठ, कुन्ता सदस्य श्याककुमार श्रेष्ठ, दोलालघाट सदस्य दावा लामा, पनौती सदस्य राजेशकुमार सैजू, बनेपा सदस्य सुरेन्द्र सुद्धाकार र भकुण्डे सदस्यमा रामकुमार श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन संयोजक लक्ष्मि राजभण्डारीले जानकारी दिए ।

 

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *