काभ्रेमा साउनयता डेंगु संक्रमितको संख्या तीन सय सत्र पुग्यो

काभ्रे । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनयता डेंगु संक्रमितको संख्या ३ सय १७ पुगेको छ । ती मध्ये १ सय ५६ महिला र १ सय ६१ पुरुष छन् । संक्रमण पुष्टी हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ । असोज २५ गते ५ जना, २६ गते ४ जना, २७ गते ६ जना , २८ गते ३ जना र २९ गते ७ जना, ३० गते ८ जना, कार्तिक १ गते ९ जना, २ गते ६ जनामा संक्रमण पुष्टी भएको छ ।
बनेपा, पनौती र धुलिखेल क्षेत्रमा बढी संक्रमित भएका छन् । बनेपा नगरपालिकामा १ सय ८ जना, पनौती नगरपालिकामा ५५ जना र धुलिखेलमा ४९ जनामा संक्रमण पुष्टी भएको थियो ।
भुम्लु गाउँपालिकामा २४ जना, पाँचखाल नगरपालिकामा २०, मण्डनदेउपुर नगरपालिकामा १९ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा १० जना, चौरीदेउराली गाउँपालिकामा २ जनाका साथै तेमाल र महाभारत गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टी भएको छ । बेथानचोकमा ३ जनामा संक्रमण पुष्टी हुँदा खानीखोलामा भने हालसम्म संक्रमित भेटिएका छैनन् ।
काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४ सय ८७ जना, २०७९/८० मा ६ सय ८२ जना, २०८०/८१ मा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टी भएको थियो ।
देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित, नौ जनाले ज्यान गुमाए
काठमाडौँ । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच सय ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
२०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । डेंगु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *