बनेपा । काभ्रेमा कृषि सामग्री कम्पनी लिमिटेडले धुलिखेल शाखाले जिल्लाका विभिन्न पालिकालाई रसायनिक मल वितरण गर्ने सूचना जारी गरेको छ । शाखाले पालिका अनुसार कोटा बाँडफाँड गरेको हो । शाखाले जिल्लाको ६ वटा नगरपालिकालाई प्रति डिलर ८ बोरा युरिया र ५ बोरा डिएपी मल बाँडफाँड गरेको छ । पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ३४ वटा मल वितरण गर्ने डिलर छन् । पाँचखालका लागि २७२ बोरा युरिया र १७० बोरा डिएपी मल पठाइएको छ ।
बनेपामा ३२ वटा डिलर छन् । बनेपाले २ सय ५६ बोरा युरिया र १ सय ६० डिएपी मल पाएको छ । पनौतीमा ३१ वटा डिलर छन् । पनौतीले २ सय ४८ बोरा युरिया र १ सय ५५ बोरा डिएपी मल पाएको छ ।
मण्डनदेउपुर नगरपालिकामा ३० वटा डिलर छन् । जहाँ २ सय ४० बोरा युरिया र १ सय ५० बोरा डिएपी मल पठाइनेछ । नमोबुद्ध नगरपालिकामा २२ वटा डिलर छन् । नमोबुद्ध नगरपालिकाले १ सय ७६ बोरा युरिया र १ सय १० बोरा डिएपी मल पाउनेछ ।
धुलिखेल नगरपालिकामा २२ वटा डिलर छन् । जसले १ सय ६८ बोरा युरिया र १ सय ५ बोरा डिएपी मल पाउनेछ । जिल्लाको ७ वटा गाउँपालिका मध्ये तेमाल र रोशीलाई गाउँपालिकालाई १० बोरा युरिया र ५ बोरा डिएपी मल बाँडफाँड गरिएको छ ।
तेमाल गाउँपालिकामा १९ वटा डिलर रहेका छन् । तेमालले १ सय ९० बोरा युरिया र ९५ बोरा डिएपी मल पाउनेछ । रोशीले १ सय ३० बोरा युरिया र ६५ बोरा डिएपी मल पाउनेछ । चौरीदेउराली गाउँपालिकामा ११ वटा डिलर छन् । १५ बोराको दरले युरिया १ सय ६५ बोरा र ५ बोरा डिएपीका दर प्रतिडिलर ५५ बोरा मल पाउनेछ । भुम्लु गाउँपालिकामा ८ वटा डिलर रहेका छन् । १ सय २० बोरा युरिया र ४० बोरा डिएपी मल पाउनेछ । बेथानचोक गाउँपालिकामा ५ वटा डिलर छन । ७५ बोरा युरिया र २५ बोरा डिएपी मल पाउनेछ । महाभारत गाउँपालिकामा ५ वटा डिलर छ । ७५ बोरा युरिया र २५ बोरा डिएपी मल पाउनेछ ।
खानीखोला गाउँपालिकामा २ वटा डिलर छ । खानीखोलााको प्रतिडिलर २० बोराको दर ४० बोरा युरिया र ५ बोरा डिएपीको दर १० बोरा पाउनेछ । कृषि सामग्री कम्पनी धुलिखेलले सिन्धुपाल्चोकको १२ वटा गाउँपालिकामा रहेका १ सय ३० वटा डिलरलाई मतको कोटा तोकेको छ । त्यस्तै दोलखाको ३ वटा र रामेछाप जिल्लाको ८ वटा डिलर गरी चार जिल्लाको ३ सय ७४ वडा डिलरलाई कोटा तोकेको छ । जस अनुसार चार जिल्लाका लागि ३ हजार ७ सय ७१ बोरा युरिया र १ हजार ८ सय ७० बोरा डिएपी मल कम्पनीले पठाउनेछ ।