काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका ११ पालिकामा डेंगु संक्रमित पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले दिएको पछिल्लो तथ्यांक अनुसार २०८१ साउन १ देखि असोज ४ गतेसम्म जिल्लाका ११ वटा पालिकामा १४७ जना डेंगु संक्रमित फेला परेका छन् ।
जसमा बनेपामा सबैभन्दा बढी ४२ जना संक्रमित भेटिएका छन् । पनौतीमा ३० जना संक्रमित भेटिएका छन् भने भुम्लुमा २० र धुलिखेलमा १९ जना रहेको कार्यालयले जनाएको छ ।
यता नमोबुद्धमा ७, मण्डनदेउपुरमा १२, रोशीमा ६, पाँचखालमा ८ र तेमालमा १ जनामा संक्रमण पुष्टी भएको छ । महाभारत र बेथानचोक गाउँपालिकामा एक र एक जनामा संक्रमण देखिएको छ । दुई वटा गाउँपालिकाहरु खानीखोला र चौरीदेउरालीमा भने संक्रमित भेटिएका छैनन् । गएको २४ घण्टामा थप ३ जना नयाँ संक्रमित थपिएकोसमेत हालसम्म संक्रमितमध्ये ७२ जना पुरुष र ७५ जना महिला रहेका छन् ।