काभ्रेमा आलुले मुल्य पाएन

चण्डेनीमण्डन / यसवर्ष जिल्लामा आलुको भाउ नआउँदा कृषकहरु नराम्ररी प्रभावित भएका छन् ।
आलु उत्पादनका लागि पकडक्षेत्र मानिएका जिल्लाका पाँचखाल, कुन्तावेसि, चाखोला, ज्वानेटार र जोगिटार आसपासका कृषकहरुले लगाएको आलु अहिले खन्ने बेला भएको छ । तर भाउ सस्तो हुँदा लगानी उठाउन समेत गाह्रो भएको स्थानिय कृषकहरु बताउँछन् । अहिले यहाँ प्रतिधार्नी ३० रुपैयाँमा पनि आलु विक्रि नभएपछि कृषकहरुले खेतमै छोडेका छन् । तर त्यहि आलु राजधानी लगायतका मुख्य बजारमा प्रतिधार्नी ९० सम्ममा विक्रि हुँदै आएको छ । उत्पादन गर्ने वर्गले भने लगानी सम्म पनि नउठाउने अवस्था भएको र विचौलिया व्यापारीहरुले भने ठूलो अन्तरमा आलुको विक्रि गर्दा पनि यस तर्फ कसैले ध्यान नदिएको पाइएको छ ।
आलु रोप्दा देखि कै हिसाब गर्ने हो भने एक धार्नी आलुको उत्पादन लागत ४५ रुपैयाँ पर्छ तर किसानले ३० रुपैयाँ पनि नपाएपछि उनीहरु मर्कामा परेको स्थानिय कृषक दिपक प्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार यस भेगका करिव २ हजार हेक्टर भन्दा धेरै जमिनमा अहिले आलु खेती गरिएको छ । आलु खनेर चैते धान रोप्ने बेला भइसक्यो । त्यतिकै छोडौं भने धान रोप्न पाईंदैन, नछोडौं खनेर राख्ने ठाउँ छैन । बजारमा आलु विक्रि नै हुँदैन । त्यसैले समस्या परेको चण्डेनीमण्डनका नवराज नेपालले गुनासो गरे ।
आलुलाई कोल्डस्टोरमा राख्न सके पछि भाउ राम्रो हुँदा बेच्न सकिने सम्भावना भएपनि पाँचखालका केहि वस्तीहरुमा मात्र यो सम्भव छ । सबै ठाउँका कृषकले यसरी राख्न सक्ने अवस्था पनि छैन । एकातिर भूकम्पपीडित, अर्कातिर समस्या नै समस्या । के गर्ने भन्ने अन्योलमा रहेका कृषकहरु व्यापारीहरुकै कारण आफूहरु मर्कामा परेको गुनासो गर्छन् । आलु कृषकहरुका समस्याहरुलाई ध्यानमा राखेर उचित मुल्य दिइनु पर्ने उनीहरुको माग छ । तर जिल्ला कृषिविकास कार्यालयले यस सम्बन्धमा अहिले सम्म कुनै चासो नराखेको कृषकहरुले गुनासो गरे ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *