धुलिखेल÷शहरी विकास तथा भवन डिभिजन कार्यालयको नवनिर्मित भवनको शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले बिहिबार एक समारोहका बीच उद्घाटन गरेका छन् ।
उद्घाटनको क्रमा सचिव थापाले काभ्रे जिल्लालाई व्यवस्थित बसोबासका योजनाहरु तुरुन्त लागू गरिने बताउँदै कार्यालय भवन र व्यक्तिगत घरहरुमा चाँडै नै कलरकोडको व्यवस्था गर्ने लक्ष्य रहेको बताए ।
अब शहरी विकास गर्न सरकारले तोके बमोजिम भवन निर्माण गराइने र भवनहरुको रंगको समेत व्यवस्था गर्ने कुरा राख्दै सचिव थापाले डिभिजन कार्यालय र नगपाले समन्वय नहुँदा घर निर्माणका कार्यहरु कमजोर भएको विचार व्यक्त गरे ।
नगरपालिकाहरुले नक्सा पास गर्दा शहरी विकास डिभिजन कार्यालयसँग समन्वय राखी भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रक्रिया गर्नुपनृे कुरा नगर विकास समितिका पदाधिकारी तथा नगरपालिकाका कार्यकारी अधिकृतहरुलाई समेत थापाले आग्रह गरेका थिए ।
कार्यक्रममा डिभिजन प्रमुख दिलिप भण्डारीले डिभिजन
कार्यालयको काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी चार जिल्ला कार्यक्षेत्र रहेको जानकारी दिँदै यस कार्यालयले गएका तीन वर्ष यता बनेपा पनौतीमा तरकारी बजार र बखुण्डोलमा तरकारी संकलन केन्द् तथा सामुदायिक भवन, गोसाइकुण्डमा पिकनिक स्पट, चौतारामा सार्वजनिक शौचालय, पिकनिक स्पट, खेल मैदान, संरक्षण कार्य, पिस्कामा २ हजार ६ सय सिँढि निर्मँण गरी यात्रु प्रतिक्षालय निर्माण, दोलखाको सैंलुङमा ८ सय मिटिर सिँढी, सामुदायिक भवन, दोलखाको चरिकोटमा बसपार्क निर्माण, मन्थली रामेछापमा बाटो तथा नाली निर्माण कार्य सम्पन्न भएको जानकारी दिएका थिए ।
डिभिजन प्रमुख भण्डारीले ४५ वटा स्वास्थ्य भवन शुरु गरी २० वटा भवन सम्पन्न भैसकेका छन् भने पुनः निर्माण अन्तर्गत रामेछापको कारागारको निर्माण कार्य भैसकेको भने दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माण हुँदै गरेको छ र यसवर्ष काभ्रे जिल्लाको कारागार निर्माण शुरु गरिने लक्ष्य रहेको समेत बताएका थिए । डिभिजन कार्यालय २ रोपनी जग्गामा १ करोड ५० लाख १७ हजार ६ सय २० र एक रोपनी जग्गामा आवास भवन १ करोड ६ लाख १७ हजार १ सय ८४ रुपिँयामा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठी, भवन डिभिजनका महानिर्देशक शम्भु के.सी., इन्जिनियरद्वय सचिन्द्रकुमार देव र पद्मलाल श्रेष्ठले बोलेका थिए भने उद्घाटनको क्रममा नायब सुब्बा केशवप्रसाद आचर्याले स्वस्ती वाचन तथा मंगला चरणको वाचन समेत गरेका थिए ।