– गोविन्द खड्का
ओम शान्ति,
ओम मण्डलीमा सतसंगका साथै साना ठूला उपस्थित सबैको लागि आध्यात्मिक तथा लौकिक र अलौकिक शिक्षाको पठनपाठनको व्यवस्था भै रहेको थियो । यसरी साना नानीहरुको लागि सुरुबाटै सात्विकता ल्याउनको लागि पुरुषार्थ भै रहेको थियो । केही समयको पढाई पछि नानीहरुको संख्या बढ्दै गयो त त्यसको छुट्टै बोर्डिङ स्तरीय पढाईको लागि स्कुल खोलिएको थियो । कन्या र बच्चाको शिक्षाको लागि विषयगत शिक्षा दिन हालका, दादी गुल्जार दादी मोहिनीजी, जो कि लुधियानाको ईश्वरीय विश्व विद्यालयको इन्चार्ज हुनुहुन्थ्यो । त्यस समयमा बालबच्चाको शिक्षा दिने कार्यको लागि अन्य शिक्षिकाको साथमा निमित्त हुनुहुन्थ्यो, त्यस विषयमा लेखिन्छ ।
जब बच्चाको पढाई खुल्यो, थोरै समयमा नानीहरुको संख्या उल्लेखनीय संख्यामा वृद्धि हुँदै गयो । त्यस समय शिवबाबाको एक भवन बनि रहेको थियो । जुन वास्तवमा लौकिक पाहुनाहरको लागि थियो । त्यस वखत सतसंगमा आउने माताहरुले इच्छा व्यक्त गर्नुभयो कि बच्चाहरुको लागि एक बोर्डिङ बनाइयोस् । जहाँ हाम्रा बच्चाहरुले राज विद्याका साथै ईश्वरीय पढाई पनि पढ्न सकुन् । तव ब्रम्हाबाबाले तुरुन्त आज्ञा दिनुभयो कि त्यस नयाँ भवन बोर्डिङको लागि प्रयोग गरियोस । त्यसपछि उक्त नयाँ भवनको सिघ्रतिसिघ्र तयार गरियो ।
उस समय अलि ठूलो उमेरका कन्याहरु पनि ज्ञान लिन आउँथे । उक्त क्लासमा ब्रम्हाबाबाले सोध्नु भयो कि साना नानीहरुको लागि शिक्षा दिन तयार हुनुहुन्छ ? तब ब्रम्हाकुमारी–कुमारीकाजी, चन्द्रमणी जी, शान्तामणी जी, साथै वि.के गुल्जार मोहीनी र हिर्दय पुष्पाका सँगै तीन जना माताले जिम्मेवारीका लागि हात उठाउनुभयो ।
तब बोर्डिङको पढाई सुरुभयो सबैलाई एकै किसिमको स्कूल ड्रेसको व्यवस्था गरियो, साथै नानीहरुको लागि राजकुमार राज कुमारीको जस्तो पालन पोषण हुन थाल्यो । प्रति दिन नुहाई धुवाई गरी बेलुका पनि हातमुख धोएर मात्र सुत्न जान्छे । भने एक औषधालयको पनि व्यवस्था थियो ।
त्यस बोर्डिङमा सारा दिनभरीको दिनचर्या शिक्षा र ज्ञानयुक्त वातावरणमा चलिरहेको थियो । ज्यादै प्रेमपूर्वक राजऋषि कुमार कुमारीका तरह पालन पोषण भै रहेको थियो । बोर्डिङमा ६ वर्ष देखि १० वर्षका बालबालिकाको कक्षा भिन्न भिन्न हुन्थ्यो र ११ देखि १४ वर्षसम्मका कन्याहरुको कक्षा अलग नै हुन्थ्यो ।
बच्चाहरुको दिचर्या यस प्रकार थियो कि विहान ५ बजे उठेर बाहिर मर्निङवाकमा जान्थे । त्यहाँ नानीहरुलाई एक्सरसाईज पनि गराइन्थ्यो ताकि उनीहरुमा फूर्तिलोपना जागोस् र तिनीहरुलाई शान्ति समाधिको अभ्यास पनि गराइन्थ्यो । त्यस पछि ६ः३० बजे बोर्डिङ फर्केर आउँथे । अनि नुहाई धुवाई गरेर विहानको नास्ता गर्दथे र ८ बजे उनिहरुको नियमित पढाई शुरु हुन्थ्यो । जस्मा राज विद्याका साथै लौकिक ईश्वरीय विद्याको पनि पढाई हुन्थ्यो । जस्मा हिन्दि, सिन्धी र अंग्रेजी भाषाको पनि पढाई हुन्थ्यो । ……… क्रमश ।