ऐतिहासिक नमोबुद्ध जात्रा सकियो

काभ्रे । कोरोनाका कारण दुई बर्ष देखी रोकिएको नमोबुद्ध जात्रा यस बर्ष भएको छ । कार्तिक पूर्णिमाका दिन लाग्ने उक्त मेला शनिवार सम्पन्न भएको छ । 
मेलामा दर्शनार्थीहरुले आफ्ना पुर्खाहरुको स्मरण र गौतमवुद्धको शान्ति सन्देशलाई मनन् गरी हरेक वर्ष कार्तिक पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा १ र ११ स्थित नमोबुद्धमा ऐतिहासिक एवं धार्मिकस्थल समेत रहेको सो क्षेत्रमा मेलामा दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौँ दीप प्रज्वलन गर्ने गरेका छन । जिल्लाको तत्कालिन शारदा वतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रश्रव वेदनाले छटपटाएकी बघिनी र ५ डमरुको मरणासन्न अवस्थादेखि पछि राजकुमार महासत्वको मनमा दयाको भाव पलाई दाजुहरुसँग बघिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउनको लागि आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन रहेको छ । 
आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोवुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्वा निर्माण गरी दिएका थिए । आफ्नो शरीर बघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडि लुम्विनीमा तीनै राजकुमार महासत्वले मायादेवीको कोखबाट भगवान गौतम वुद्धको रुपमा जन्म लिएको र आफु जन्मेपछि वुद्धले नमोवुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पुजा आजाका साथै साङगे लगाएको धार्मिक विश्वास रहँदै आएको छ । पर्यटन क्षेत्रको लागि उर्वराक्षेत्रको रुपमा समेत रहेको नमोवुद्धमा कुतुङटासी छोलिङ गुम्वाको साथै हजारौ माने र कलात्मक वुद्धका मुर्ति रहेका छन् ।
नमोवुद्धमा कातिक पूर्णिमा वाहेक चैत्र पूर्णिमा र साउन महिनाको प्रत्येक वुधवार समेत ठुलो मेला लाग्ने गरेको छ । मेला भर्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभइ विदेशबाट बौद्धधर्माबलम्बीहरु समेत आएको स्थानीयले बताएका छन् ।
एक पटक पाइला टेकेमात्र जुगौ जुगको पाप अन्त्य भएर जाने र आफुले चिताएको मनोकांक्षा पूरा हुने थलोको रुपमा परिचित नमोवुद्धमा विशेष गरी नेवार जातीले र बौद्ध धर्माबलम्बीहरुले विहीबार रातभर आफ्ना पुर्खाहरुको सम्झनामा दीप प्रज्वलन गरी जाग्राम बसेका थिए । भने शुक्रबार दिनभर र रातभर तामाङ समुदायका मानिसहरु वुद्धको पुजाआजा गरी जाग्राम बस्ने गरेका छन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *