एसपीपीको नाममा गठबन्धन फुटाउने प्रयास भइरहेको छ ः प्रकाशमान सिंह

बनेपा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने  प्रयास सुरु भएको  बताएका छन् । शनिबार काभ्रेको बनेपामा कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।
अहिले  एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भैरहेकोसमेत उनको भनाइ थियो । विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको आरोप लगाउँदै उनले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर  प्रयास भएको बताए । कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्नेसमेत सिंहले बताए ।  
प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिनँ भनिरहँदासमेत नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गरेर एमाले आफैं फसेको नेता सिंहको भनाइ थियो । 
कांग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताए । निर्वाचित जन प्रतिनिधिलाई उनले पार्टीका कमिटीसितको छलफल र सुझाव लिएर मात्र काम गर्न आग्रह गर्दै पार्टी कमिटीले पनि निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *