विकुनारायण ताम्राकार
काभ्रे । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७२ पनौती काभ्रेको २६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभा समूहका संयोजक राजेश श्रेष्ठको सभापतित्व र केन्द्रीय प्रमुख विक्रम धुकुछुको प्रमुख आतिथ्यतामा ज्ञान विकास पुस्तकालयको सभाहलमा सम्पन्न भयो ।
सभामा समूहका सचिव तारादेवी श्रेष्ठ र कोषाध्यक्ष सुमन अधिकारीको प्रतिवेदन उपर छलफल गरी पास गरिएको छ भने कार्यक्रम सञ्चालन समूहका सचिव श्रेष्ठले स्वागत मन्तव्य पूर्व सचिव प्रताप ताम्राकारले गर्नुभएको थियो ।