एघारदिने काभ्रे महोत्सव हुने

बनेपा÷व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नती र समृद्धि भन्ने नाराका साथ फागुन १ देखि ११ गतेसम्म काभ्रे महोत्सव २०७० को आयोजना हुने भएको छ ।
विहिवार महोत्सव प्रचार प्रसार उप समिति काभ्रे उद्योग वाणिज्य संघका संयोजक प्रकाश मानन्धरले पत्रकार सम्मेलनमा बताएका हुन् ।
सो मध्यमाञ्चल औद्योगिक, व्यापार, कृषि तथा पशुजन्य मेला काभ्रे कृषि वजार केन्द्र बनेपामा १ सय ३५ स्टल रहने जानकारी दिईएको थियो ।
प्रदर्शनीले स्थानिय व्यवसायको विकास, श्रोत साधनहरुको पहिचान गरि लगानीका सम्भावनाहरुलाई वढाउनुका साथै आर्थिक क्रियाकलाप वढाई स्थानिय अर्थतन्त्रलाई नै सवल र समृद्ध पर्न सहयोग पुग्ने आशा राखिएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष महेश पौडेल र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले पत्रकारहरुले उठाएका प्रशहरुको उत्तर दिएका थिए ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *