काभ्रे । एकीकृत बचत तथा ऋण सहकारी लि.को वार्षिक साधारणसभा एवं निर्वाचन सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं सहकारी रजिष्टार इन्द्रप्रसाद अधिकारीले अहिले सहकारीहरु सामान्य अवस्थामा चलेको चर्चा गर्दै सहकारी सबल र सक्षम बनाउन सहकारीकर्मीहरु लागिपर्नुपर्ने बताउनुभयो ।
सहकारी संस्था नविनत्तम सोच र विचार पु¥याई नीति, विधि, प्रविधि र सुशासित भई सचेत सदस्यहरुको कुरालाई समेत ध्यानमा राखी सहकारी सञ्चालन गर्नुपर्ने बताउनुहुँदै पनौतीमा १ सय ४४ वटा सहकारीहरु सञ्चालनमा आएका छन् । त्यसमा पनि बचत तथा ऋणका सहकारीहरु उल्लेख्य रहेको र दुध सहकारी रुग्न अवस्थामा चल्दै आएको बताउनुभयो ।
संस्थाले सबल बन्न जगेडा कोष बलियो बनाए मात्र संस्था दीगो रुपमा अगाडि बढ्दै जाने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चण्डेश्वरी मुनाकर्मी, शुभकामना मन्तव्य व्यक्त गर्नुहुनेहरुमा सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष गोविन्दप्रसाद न्यौपाने, उद्यमी विकास साकोस अध्यक्ष रोशनकुमार श्रेष्ठ, सल्लाहकार राजकुमार तिमल्सिनाले बोल्नुभएको थियो । कार्यक्रममा लेखा समिति संयोजक बालकृष्ण प्रजापतिले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष भरत रावलले वार्षिक आयव्यय विवरण एवं आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाका सचिव रविन्द्रभक्त स्याउलाले संस्थाको वार्षिक गतिविधि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन बसुन्धरा आचार्यले गर्नुभएको थियो । सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष काजीबहादुर खत्रीले गर्नुभएको थियो ।
त्यसैगरी निर्वाचनबाट पुनः काजीबहादुर खत्री अध्यक्ष, चण्डेश्वरी मुनाकर्मी उपाध्यक्ष, भरत रावल सचिव, बसुन्धरा आचार्य कोषाध्यक्ष र सदस्यहरुमा लक्ष्मण मात्तंछे, ज्ञानदास श्रेष्ठ, राकेश सुन्दर सैंजू, भवनाथ हुमागाईं, दिपक मात्तंछे, रविभक्त स्याउला र रुपक ताम्राकार निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा समितिमा संयोजक बालकृष्ण प्रजापति, सदस्यहरुमा श्यामकुमार बस्नेत र कल्याण मगराती निर्वाचित हुनुभएको छ ।
संस्थाको शेयर पूँजी २ करोड १६ लाख ८७ हजार ५ सय, निक्षेप १४ करोड ९६ लाख, ५६ हजार ८ सय ५५ रहेको छ ।