एकान्त

ध्रुवकृष्ण ताम्राकार
पनौती, काभ्रेपलाञ्चोक

शायद म
बन्द कोठाभित्र
नितान्त एक्लै थिएँ
आफैले जमाईराखेको
तलाउभित्र

पौडिदै खेल्दै थिएँ
बिल्कुलै चिसो
आभासभित्र
मन कठ्ग्रीदै थियौ
नजानिंदो गहराइभित्र
आफैलाई डुबाउँदै थियौं
फेरि पनि
एउटा आशाको झुल्को
शरीरमा डुबाउन चाहान्थें
जमिरहेको हिउँको ढिक्का
पग्लाउन चाहान्थें

ताकि पानी झै
बगिरहुँ जस्तो लाग्छ
किनारालाई
पछ्याईरहुँ जस्तो लाग्छ
हो म भीड
मनपराउँदैन थिएँ
कोलाहलमय
मनपराउँदैन थिएँ

अनि आफ्नै पौरख
सुनाई हिडिरहेको
जमातको गुमान
मन पर्दैनन् थियो

त्यसैले कतै चहार्न
मन पनि थिएन
कसैसंग गुहार्न
मन पनि थिएन

किनकि म
आफ्नै गुमसुमभित्र
अस्तित्व खोजिरहन्थें
आफ्नै पैतालाको डोबभित्र
गन्तब्य खोजिरहन्थें
एकान्तको परिसरमा
आफ्नै बिचार शुन्यलाई
आमाको ममता झै
प्राण भरिरहेछु

एउटा छुट्टै अलौकिकमा
स्वप्निल पहाडी निर्झर
झैं झरिरहेछु
बश, मेरो साथ मेरो छायाँ
मसंग संगै हिंडिरहन्छ
मेरो रोब मेरो चर्या
नढाँटि उस्तै चलिरहन्छ

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *