उमाशहका विद्यार्थीलाई न्यानो कपडा र शिक्षकहरुलाई सम्मान

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० चण्डेनीमण्डन स्थित उमाशह शिक्षालय माविका २६० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । सो विद्यालयबाट २०६४ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरुले शिक्षकहरुलाई सम्मान तथा विद्यार्थीहरुको लागि जाडोमा लगाउने स्विटर वितरण गरेका हुन् ।

आइतबार एक कार्यक्रमबीच विद्यालयका सबै विद्यार्थीहरुलाई पुग्ने गरी २६० थान स्विटर वितरण गरिएको सो विद्यालयबाट २०६४ सालमा एसएलसी दिएका र हाल वडा अध्यक्ष समेत रहेका पूर्वविद्यार्थी कुमार मोक्तान तामाङले बताए ।

स्विटर खरिद गर्न देश भित्र तथा बाहिर बस्दै आएका उक्त ब्याचका साथीहरु मिलेर आर्थिक सहयोग संकलन गरिएको उनले बताए । आफूहरुले एसएलसी दिएका बेला सो विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको उनले जानकारी दिए ।

शिक्षा तथा सामाजिक कार्यका लागि अक्षयकोष

वडा अध्यक्ष एवं पूर्वविद्यार्थी तामाङका अनुसार उक्त ब्याचका विद्यार्थीहरु मिलेर आगामी दिनमा पनि शिक्षा र अन्य सामाजिक कार्यहरु गर्ने गरी आर्थिक कोष निर्माण गर्ने योजना अघि सारिएको छ । अन्य महानुभावहरुलाई पनि यस अभियानमा जोडिन उनले अनुरोध गरे । मण्डनदेउपुर–१० को वडा शिक्षा समितिले वडाभित्र रहेका ६ वटै विद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण गर्ने योजना अनुसार वडा शिक्षा समिति र ६ वटै विद्यालय परिवारले सहयोगको लागि सबैमा अनुरोध गरेका छन् ।

गएको तिहारमा ६ वटा विद्यालयको आयोजना र वडा शिक्षा समितिको संयोजनमा सामुहिक देउसीभैलो कार्यक्रमबाट करिव चार लाख पैंतालिस हजार संकलन भएकोमा पछि थप हुने गरी सहयोग संकलन भएको थियो । उक्त रकममध्ये वडा शिक्षा समिति, जनप्रतिनिधि, ६ वटै विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा अन्य सामाजिक व्यक्तिहरुको संयुक्त निर्णयबाट २ लाख ५० हजारको अक्षय कोष निर्माण भइसकेको छ । बाँकी २ लाख रुपैयाँ रकमबाट विद्यार्थीहरुको लागि न्यानो कपडा, खेलकुद तथा अन्य सामाग्री खरिद गर्ने निर्णयसमेत गरिएको वडाध्यक्ष तामाङले बताए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *