उत्साह भर्ने काँग्रेस आवश्यक

नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंमा भइरहेको छ । काठमाडौंको भृकुटिमण्डमा महाधिवेशनको उद्घाटन शुक्रबार भएसँगै महाधिवेशनको रौनक बढेको छ । महाधिवेशनस्थलमा विभिन्न समुदायका झाँकी प्रदर्शन भएका थिए । ७७ वटै जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको उपस्थितीमा उद्घाटन सत्र भएको थियो । 
उत्साह पूर्णरुपमा भदौ १८ गतेबाट वडा अधिवेशनबाट सुरु भएको काँग्रेस अधिवेशनले युवामा नयाँ उर्जा थपेको छ । नजिएको निर्वाचनमा त्यो उत्साह जगाउने र आम कार्यकर्तालाई काँग्रेस भएकोमा गर्व गर्ने नेतृत्व अहिले आवश्यक देखिएको छ । सबै समुदाय, वर्ग, जात, भेगलाई समेटको केन्द्रीय नेतृत्वले मात्र काँग्रेसलाई उर्जा दिन सक्छ । वडा तहबाटै गुटैगुटमा विभाजन भएर आएको काँग्रेसलाई जोड्ने काँग्रेस आजको आवश्यकता भएको छ । १४ औँ महाधिवेशनमा जुन युवाको आकर्षण काँग्रेसमा देखिएको छ त्यसले आम मतदातामा उत्साह जगाएको छ । तर यो सँगै जोखिम पनि के देखिएको छ भने कतै युवाले पनि राम्रालाई भन्दा हाम्रालाई अगाडि बढाउने त होइन भन्ने चिन्ता बढ्दै गएको छ । 
यो महाधिवेशनले दिने नयाँ नेतृत्व साँच्चिकै काँग्रेस कार्यकर्ताको उर्जा भर्ने हुन जरुरी छ । नेपाली काँग्रेस नेपाल कै पुरानो र लोकतान्त्रिक पार्टी हो । उसले वडै देखी जुन लोकतान्त्रिक प्रक्रिया अपनाएर नेतृत्व छानेको छ । त्यो एकदमै राम्रा भएको छ । तर त्यो भविष्यमा गुटको रुपमा विकास भयो भने गाउँगाउँसम्म पुग्ने छ र त्यसले आम निर्वाचनमा असर गर्न सक्छ । त्यसैले १४ महाधिवेशनमा आउने नेतृत्वले सबैलाई जोड्ने सबैको भावना बुझने हुनुपर्छ । आम निर्वाचनमा उत्साह भर्ने काँग्रेस हुनुपर्छ । युवालाई समेट्ने काँग्रेस आजको आवश्यकता हो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *