मैले सर्वोच्च अदालतका मा. न्यायाधीश डा. श्री कुमार चुडाल जो आफै पिएचडि गर्नुभएको छ, मैले लिखित तथा मौखिक रूपमा धेरै राम्रोसँग अनुरोध गरेकोे थिए कि बिश्लेषणको विना पहिले पनि गलत आदेश भएको छ, यो दरपीठ मेसिन मायावी (विधिशास्त्रविहिन) हो । मेरो अबका आदेशमा मेरो निवेदनको प्रकरणमा लेखिएका डाटा (कुरा) हरू लिखित रूपमा राखि मात्र विश्लेषण गरी श्रीमानबाट बैज्ञानिक मोडमा आदेश होस् । नजीरको रूपमा रहेको रिट ०७६ – डब्लुवो – १११० को फायल अवलोकनार्थ फायल झिकाइएको छ, पक्कै हेर्नुहोस् । तर वहाँले गरेका आदेश हेर्दा पुरानो शैलीमा नाङ्गो (विधिशास्त्रविहिन) अबैज्ञानिक आदेश गर्नु भएको र नेपालको संविधानको धारा १ को विरूद्ध बाझिएको कानूनको निर्माण गर्नु भएको छ जसले मेरो देशको एकातर्फ खियाको बजार र खियाको घर आदि निर्माणमा रोक्नुको साटो प्रोत्साहित गरेको छ भने अर्कोतर्फ सर्वोच्च अदालतबाट रिट नं. ०७४ – डब्लुवो – ००५२ को मिति २०७४÷१२÷१९ मा भएको आदेशलाई नष्ट गरीने वातावरणको सृजना गरिदिएको छ ।
यस विषयलाई विधिशास्त्रीय मोडमा ल्याउन मैले मिति २०८०÷२÷१ मा सर्वोच्च अदालतका सम्माननीय का. मु. प्रधान न्यायाधीशज्यू, सम्माननीय अध्यक्षज्यू, माननीय महान्यायाधिवक्ताज्यू, श्रीमान अध्यक्षज्यू, नेपाल बार एशोसिएशन तथा सम्माननीय राष्ट्रपति महोदय समक्ष सर्वोच्च अदालतका माननीय न्यायाधीश डा. श्री कुमार चुडालमाथि मैले उजुरी दिएको छु । यो काठमाडौं उपत्यका लगायतका क्षेत्र भूकम्पको अन्तिम र सबैभन्दा शक्तिशाली जोन ५ मा पर्दछ । २०७२ सालको भूकम्पको सानो झटकाले काठमाडौं उपत्यकाको केही घरहरू नराम्रो अवस्थामा भत्किएको र बाँकी प्राय सबै चर्किएको अवस्थामा छ जहाँ सजिलोसँग जलयुक्त हावापानीको प्रवेश भई एकातर्फ सफा डण्डीलाई खियाको अवस्थामा परिणत गरिरहेका छन् भने अर्कोतर्फ खिया लागेको डण्डीको खियालाई द्रुत गतिमा दिनहु बढाइरहेको छ । यसरी खियाको आयतन दिन प्रतिदिन बढी रहेकोले फलामे डण्डी र कंक्रिटभित्रको बन्धन दिन प्रतिदिन कमजोर भैरहेको छ । कमजोर बन्धनले भूकम्पको सानो झटकाले संरचना सजिलोसँग लड्न जान्छ । अबको आउने भूकम्पमा हाम्रो अवस्था के होलान् ? एकातर्फ देशको ऐतिहासिक धरोहरको अवस्थामा रहेको सुन्धारामा पनि खुला रुपमा खियाको डण्डीको प्रयोग भई खियाको सुन्धारा हुन गएको छ भने अर्कोतर्फ खियाको बजारको रुपमा रहेको हाम्रा सफा डण्डीको नाउँमा खियाको बिक्रि भई आम नागरिकका खियाका घरहरु बनिरहेका छन् तथा अन्र्तराष्ट्रिय स्तरका निर्माणका मापदण्डको रुपमा रहेका सफा डण्डीको स्टोर र तीनका प्रयोग, अनुगमन, जनचेतना आदिको प्रयोग गर्न सर्वोच्च अदालतबाट रिट नं. ०७४ – डब्लुवो – ००५२ को मिति २०७४÷१२÷१९ मा भएको आदेशलाई नष्ट गरीने वातावरणको सृजना गरिदिएको छ ।
हामी प्रत्येक दिन करोडौभन्दा बढीको खियाको निर्माणकार्य गरी त्यसमाथि करोडौका सजावटका कार्यहरू गरी भूकम्पबाट धनजनको नाशको साथ मर्नको लागि तैयारी गरी रहेका छौ तापनि मैले दिएको विषय (मिति २०८०÷२÷१ सर्वोच्च अदालतका माननीय न्यायाधीश डा. श्री कुमार चुडालमाथि दिएको उजुरी) माथि मौन बस्नु किन ? समस्यालाई रोकेर जीवन चल्दैन, गल्तीको सुधार र ठिकको प्रवाह गर्नु नै यहि हाम्रो राष्ट्रियता हो । सम्मानीयज्यूहरू ! यो समय मौनको समय हैन, आफ्नो राष्ट्रप्रतिको काम पूरा ज्यान लगाएर दिएको विधिशास्त्रीय शक्तिको प्रयोग गरी राष्ट्रिय निमकको सोझो गर्नुहोस् ।
मानौ धनको नाशलाई विदेशी साथीहरूले पूर्ति गर्लान् तर अनाहक हेलचेक्राइँको कारण भएको मृत्युको लास कसले जीवित गर्लान् ?