पनौती । शनिबार इन्द्रेश्वर क्याम्पस पनौतीको दोस्रो क्याम्पस सभा इन्द्रेश्वर क्याम्पस सभाहलमा काभ्रे जिल्ला श्रेत्र नं. १ का प्रतिनिधि सभाका संसद सूर्यमान डोङ्ग ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
सभामा प्रमुख अतिथि काभ्रे जिल्ला श्रेत्र नं. १ का सघिय प्रतिनिधि सभाका संसद सूर्यमान दोङले सामुदायिक क्याम्पसहरुको बढ्लिदो चुनौतीलाई पार गर्न रोजगारमूलक शिक्षाको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । आफुले सकेको सहयोग गर्ने बताउदै पढ्दै कमाउदै शिक्षा बढ्लिदो युगको आवश्यकता रहको कुरा राख्नुभएको थियो ।
काभ्रे जिल्ला श्रेत्र नं. १ का सघिय प्रतिनिधि सभाका संसद सूर्यमान डोङ्ग ज्यूकोबाट पानसमा दिप प्रज्ज्वलन गरि क्याम्पस सभाको सुभारम्भ भएको थियो । क्याम्पस प्रमख श्रीकुमार सुवालबाट क्याम्पसको आर्थिक, शैक्षिक तथा भौतिक प्रगति विवरण एवम् विधान संशोधन सम्बन्धि प्रस्ताब क्याम्पस सभामा प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख रामशरण भण्डारीबाट गुणस्तरीय शिक्षाको लागि नगर र क्याम्पस मिलेर अगाडी जान सकिने र नगरका सम्पुर्ण सार्वजनिक क्याम्पसहरुलाई सामावेश गरेर युग सुहाउँदो शिक्षा प्रदान गर्न तत्पर रहेको जानकारी गराउनुभएको थियो ।
क्याम्पसका विभिन्न सभासदहरुले उठाउनु भएको जिज्ञासा तथा अभिव्यक्तिहरुको बारेमा क्याम्पस प्रमुख सुवालले प्रकाश पार्नुभएको थियो । सविंधान सभाका सभासदस्य रामहरी सुवेदीले क्याम्पसको प्रगतिको शुभकामना दिदै क्याम्पसको महत्वपूर्ण उपलब्धिमा गौरव भएको कुरा गर्नुभएको थियो । सकारात्मक परिर्वतन आवश्यक रहेको जानकारी गराउदै पनौतीका सम्पूर्ण वडाहरुमा यस क्याम्पसका सदस्यहरुको वद्धि आवशयक रहेको जानकारी गराउनुभएको थियो ।
त्यसैगरी क्याम्पसका सभासद तथा पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले विद्यार्थीहरुको चाहना अनुसारको शिक्षा र विश्वस्तरीय गुणस्तर शिक्षाले मात्रा क्याम्पसको विकास र उन्नती हुने कुरा गर्नुभएको थियो ।
क्याम्पस सभामा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीज्यूको विशिष्ट अतिथि तथा सविंधान सभाका सभासदस्य रामहरी सुवेदी, पनौती नगरका पुर्व नगरप्रमुख सप्तकाजी बुद्धाचार्यको आतिथ्यता रहेको क्याम्पस सभाको अध्यक्षता क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष राजेशकुुमार श्रेष्ठले राख्नुभएको थियो ।