काभ्रे । पनौती नगरपालिकामा रहेको इन्द्रेश्वर माध्यमिक विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । श्रीपञ्चमीको अवसरमा इन्द्रेश्वर माध्यमिक विद्यालयबाट २०४५ सालमा एसएलसी पास भएको समूहले सो विद्यालयमा अध्ययनरत दुई सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रम संयोजक एव्म इन्द्रेश्वर माध्यमिक विद्यालय २०४५ एसएलसी पास समूहका उपाध्यक्ष पुरुषोत्तम कर्मचार्यले उक्त विद्यालयका दुई सय २० बिद्यार्थीलाई ट्र्याकसुट र स्वेटर वितरण गरेको जानकारी दिनुभयो । समूहकी अध्यक्ष लक्ष्मी दाहालले सामाजिक कार्यसँगै साथीभाई बीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यले उक्त कार्य गरिएको बताउनुभयो ।
प्रधानाध्यापक उमारुद्र बस्नेतले बिद्यार्थीलाई ट्र्याकसुट र स्वेटर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उक्त समूहले विद्यालयमा सरस्वतीको प्रतिमासमेत स्थापना गरेका थिए ।