आर्थिक संकट समाधान गर

अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंकर्सहरुलाई सचेत रहन आग्रह गरेको छ ।
२ वर्षदेखि उच्च आयातका कारण व्यापार घाटा बढेपनि देशको विदेशी मुद्रा सञ्चिती तथा रेमिट्यान्सको आप्रवाह भने सामान्य अवस्थामा नै रहेको पाइन्छ ।
पछिल्लो समयमा व्यापार घाटा, शोधानान्तर स्थिती, वैदेशिक मुद्रा संचिती, रेमिट्यान्स आप्रवाह लगायतका सूचकहरु नकारात्मक बन्दै गएपछि अर्थतन्त्रमा आलोचना आउन थालेको हो ।
आर्थिक तरलता अभावको मूख्य कारण बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको असन्तुलन रहेको र तरलता अभाव हटाउनका लागि राष्ट्र बैंकले विभिन्न कामहरु गर्नुपर्ने देखिन्छ ।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी विभिन्न १८ वटा वस्तुहरुको आयातमा वस्तु हेरेर शतप्रतिशत वा ५० प्रतिशत नगद मार्जिन राख्ने व्यवस्था गर्नुपर्ने हुन आउँछ । 
रेमिट्यान्स गत सालसँगको तुलनामा केही घटेपनि कोभिड अगाडिको तुलनामा भने नघटेको देखिन्छ । यसैगरी वैदेशिक मुद्रा संचिती पनि कोभिड अगाडिकै अवस्थामा रहेको पाइन्छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको कारोबार थप्प पार्दै गएकोले सर्वसाधारणलाई आर्थिक कारोबार गर्न अप्ठ्यारो परेको महसुस हुन थालेको छ । राष्ट्र बैंकले बेलैमा यस संकटलाई समाधान गरिनुपर्ने देखिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *