आध्यात्मिकता र स्वास्थ्य चिन्तन

मानिसले जब आफूभन्दा शक्तिशाली बस्तुको अनुभव गर्दछ, तब त्यसलाई भगवान् हो भनेर विश्वास गर्दछ ।
भगवान् भन्ने बित्तिकै हामी त्यसलाई अनुमान गरिरहेका हुन्छौँ, जुन विशाल छ, अदृश्य छ, अनन्त छ । जो कुनै अनुभव वा प्रकृतिका केही आयामहरू समेत हुन सक्छ । अनुमान गरौं के यही आध्यात्मिकता हो ? तर वास्वमा यो केवल जीवन हो । जीवनलाई झिनो बस्तुको रूपमा आँकलन गर्नु हुँदैन । यो अमुल्य हो, सबैभन्दा उत्तम र महान कुरा हो । जब तपाईंलाई आफ्नो जीवनले भाव विह्वल गर्ने शक्तिशाली अवश्था वा असिम आनन्ददायक अनुभव हुन्छ, तब तपाई यसको रचयिता को हुन् ? वा किन यसमा उतार चढाव वा बिमारी देखा पर्दछ ? किन खुशी र पीडाको महसुस हुन्छ ? भनेर चिन्तन गर्नु हुन्छ । त्यसमा पनि जब तपाईंको तर्क वा अनुमान कमजोर र अपरिपक्व हुन्छ, तब तपाईलाई हरेक चीजप्रति सन्देह वा शंका लाग्ने गर्दछ । यसले अनिर्णयको बन्दी बनाउँछ वा तपाईको उर्जा घटाउँछ निराशाको घेरामा तपाई कैद हुनुहुन्छ । तर कयौं अवस्थामा तार्किक परिपक्वता देखा पर्छ वा तपाई निर्णयमा पुग्नु हुन्छ भने यसले तपाईलाई आनन्द दिन्छ । भनौ तपाई ढुक्क भएर खुसी मनाउनु हुन्छ । तपाईको शरीरमा एक प्रकारको उर्जा पैदा हुन्छ । वास्तवमा, यदि तपाईंले आफ्नो शरीर, मन, भावनाहरू तथा उर्जाको प्रयोग गरी निश्चित स्तरसम्म विकसित गर्दै लैजानु भयो भने, तपाईं भित्र केही प्रस्फुरित हुनेछ हो यही– आध्यात्मिकता हो । यदि कुनै मानिसले सृष्टिको स्रोत वा प्रक्रिया बारेमा बुझ्न वा जान्न चाहन्छ भने, सबैभन्दा नजिकबाट जान्नु पर्ने तथ्य आफ्नै शरीर हो, यो यस्तो अपार छ कि यसभित्रै यसको सृष्टिकर्ता भनौं स्रष्टा हराएका छन् । तर हामी त्यसैलाई भुलिरहेका छौं वा भनौं यस बारे चिन्तन गर्नै हामिलाई फुर्शद नै छैन । यदि तपाईंले आफूभित्रको सृष्टिको स्रोतलाई चिन्नु भयो भने, तपाईं आध्यात्मिक हो । तव तपाईको स्वास्थ्मा थप उर्जा प्राप्त हुनेछ । वास्तवमा आध्यात्मिक साधक बन्नु न त आस्तिक हुनु हो, न त नास्तिक नै । यो त केवल त्यस्तो अवस्था हो जहाँ मानिसलाई ऊ केही पनि जान्दैन भन्ने थाहा भएको हुन्छ। त्यसैले मानिस हरेक बिधामा खोजी गरिरहेको हुन्छ चाहे पीडाको कारण होस वा मुक्तिको मार्ग । वास्तवमा हरेक मानिस स्वास्थ्को ज्ञानबाट अपुर्ण छ चाहे शारीरिक स्वास्थ्य होस वा मानसिक स्वास्थ्य अध्यात्ममा यसको खोजी आफैमा नयाँ आयाम हो । हरेक मानिसले ध्यान दिन जरुरी छ कि आफूलाई भित्रबाट सुन्दर र आनन्दित कसरी बनाउने ? र उत्तर पनि केवल तपाई सँग मात्र छ । किनकि यो तपाईंकै हातमा छ, तपाई कै बिचारमा छ वा भनौं तपाईको दैनिकी र सोचमा आधारीत छ । मानिस असीम प्रकृतिलाई जान्न चाहन्छ तर त्यो आयामलाई अनुभव र अनुभूत गर्न भौतिक भन्दा अलिपर पुग्न जरुरी छ । समुद्रमा पौडेको माछा हेरेर होस् वा कुनै हिमाल देख्दा, कुनै गीत गुनगुनाउँदा वा केही क्षण आफ्ना आँखा बन्द गर्दा हामी त्यो खुसी वा आनन्द महसुस गर्न सक्छौ। जसले तपाईलाई असिम आनन्द दिन सक्छ। जो मुल्यमा तुलना गर्न सकिन्न । यति कुरा गरीरहँदा तपाईंले त्यसलाई छुनु त भयो, तर अब प्रश्न यो हो कि त्यसलाई कसरी थामी राख्ने ?
कुरा यत्ति हो सरल छ– तपाईंले आफ्नो स्वास्थकोलागि चिन्तन गर्न भनौ अभ्यास गर्न वा स्वस्थ्य रहने बारे प्रयास गर्न तपाईं पूरै समर्पित, प्रतिबद्ध र एकचित्त भएर कहिले थोरै समय निकाल्नु भएको छ ? वा म, मेरो शरीर र मेरो अस्तित्व बारे कहिल्यै पुर्ण होसमा रहेर सोच्नु भएको छ ? जो खोजिएकै छैन भने त्यो पाउने कुरै भएन हैन र ? जव तपाई संसारलाई भुलेर आफ्नो अस्तित्व र आफ्नो स्वास्थको सम्वन्ध खोजी गर्नु हुन्छ, तपाईलाई कुनै बिशेषज्ञ चिकित्सक वा मनोपरामर्श दाताको जरुरी पर्दैन । अर्को पक्ष यदी तपाईं केही न केहीमा लिप्त हुन चाहनु हुन्छ, तपाईं सुरक्षित महसुस गर्न चाहनुहुन्छ, तपाईं यस्तो महसुस गर्न चाहनुहुन्छ कि मानौँ तपाईं सबैथोक जान्नु हुन्छ भने त्यो आध्यात्मिक नभई मानसिक अवस्था हो । तपाईको यो एकदमै अपरिपक्व दिमागको उपज हो । यसमा पुनर्विचार गर्न जरुरी छ। कि त्यो वस्तु वा सम्वन्ध तपाईकै लागि बनेको हो ? वा तपाईं नहुँदा वा नभैदिएको भए त्यसको अस्तित्व र तपाईको अस्तित्वमा के फरक पर्ने अवस्था छ ।
“साँच्चै स्वस्थ बन्ने रहर छ, दुनियाँमा खुशी बन्ने चाहना छ भने आध्यात्मिक अनुभव सहित आफ्नो हरेक दिनको सुरुवात गर्न सक्नुहुन्छ । आफ्ना यस्तो शक्तिशाली अनुभवबाट दिन चर्या सुरु गर्नुहोस जसले तपाईंलाई पूरै दिन शान्त र आनन्दित बनाइ राख्दछ ।”
तपाईले पाउने खोजेको आनन्द हरेक झारपातमा छ, खोलाको कलकलमा, छ संगितको तालमा छ, तपाईको बसाईमा छ, तपाईको हिँडाईमा छ। बस् दिनको सुरुवात खुशीबाट गर्नुस, पीडा पनि त तपाईको शरीरको अनुभव न हो । तपाईं जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, जे–जसमा संलग्न वा सहभागी हुनुहुन्छ, त्यसमा कुनै भेद नगर्नुहोस् । तपाईको पीडाको कारण बिभेद हो यो भएन, त्यो भएन, यस्तो हुनै पर्थ्यो,त्यस्तो गरिनु पर्ने थियो, दुनियाँको वकिल तपाई ? तपाईले नै यो दुनियाँ थेगे झैं । अव त्यसको असर बोक्न, तपाईको शरीर तयार नभएर को आईदिन्छ त ? अनी शरीर कमजोर र रोगी बन्ने त हो । साँच्चै स्वस्थ बन्ने रहर छ, दुनियाँमा खुशी बन्ने चाहना छ भने आध्यात्मिक अनुभव सहित आफ्नो हरेक दिनको सुरुवात गर्न सक्नुहुन्छ । आफ्ना यस्तो शक्तिशाली अनुभवबाट दिन चर्या सुरु गर्नुहोस जसले तपाईंलाई पूरै दिन शान्त र आनन्दित बनाइ राख्दछ । तपाईंको आफ्नै शरीर र श्वाससँग समेत समान रूपको संलग्नता जरुरी छ। यदि तपाईंमा यो उत्तम, त्यो उत्तम भनेर भेद गर्ने भाव छैन, अनि जीवनको हरेक पक्षमा समान भावले संलग्न हुनुहुन्छ भने, तपाईं हरेक क्षण आध्यात्मिक रहनुहुनेछ र तपाईको शरिरमा हुने स्वास्थ्य समस्याको कारण आफैं अन्त हुनेछन् अनुमान गर्नुस् र सुरुवात गर्नुस त्यो खुशीको क्षण अनि त्यो आध्यात्म सहितको आनन्द पुर्ण स्वस्थ जीवन ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *