
कालिका त्रिपाठी पन्त
चोखा लुगा लाएँ अनि मठ मन्दिर धाएँ
मनमा शान्ति मिल्ला भनी भजन किर्तन गाँए
ॐ शान्तिको पछि लागे सेता लुगा लगाई
सतसँग पुगि असल बन्ने बाचा कसम खाएँ
कहिले पुजेँ बुद्धलाईकहिले रामलाई
मन मन्दिरमा सजाईराखे हरिनामलाई
लक्ष्मी नारायण घरमा राखे मुखमा सरस्वती
सुर्यचन्द्र भाकी पुजेँ झुल्के घामलाई
मण्डली र मस्जिदमा पुकारेर प्रभु
भने सबको भलो गरुँ खराब मान्न्छे नहु
ठग्न ,ढाट्न ,छलकपट गर्ननसिकाइदेउ
लाग्छ मुर्तीपुजा गरुँ मन्त्र जपिरहुँ
जत्ती गरे जे जे गरे स्वार्थखातिर गरे
प्रकट भइ कोहि आएनन्अलमल्ल परे
अन्तिममा बुझेँ इश्वर मनमैबस्दा रैछन
लाज लाग्यो आफैसित अनि ज्युँदैमरे
सुधारेर मन मुटु धोईपखालेर
उघारेर भित्री आँखा कालो निखारेर
मान्छे भइ मान्छेलाईबुझ्ने कोशिश गर्दै
पुकार्दैछु आत्मदेव बुद्धि तिखारेर